आईफोन–५ ले बनायो विक्रिमा नयाँ रेकर्ड
एजेन्सी, । एप्पलद्धारा हालै लन्च गरिएको आईफोन–५ ले विक्रिमा नयाँ रेकर्ड बनाएको छ । उच्च प्रविधियुक्त त्यस किसिमका उपकरणहरु मध्ये आईफोन–५ अहिलेसम्मकै सबैभन्दा तेजगतिमा बिक्ने उपकरण बन्न सफल भएको हो ।
आईफोन–५ लन्च भएकै दिन त्यसको २० लाख थान अर्डर भएको थियो, जुन गएको वर्ष अक्टोवरमा लन्च भएको आईफोन–४ एसको तुलनामा दुईगुणाले बढी हो । सोमबार अमेरिकाको क्यालिफोर्नियामा कम्पनीका एक मूख्य अधिकारी फिलिप स्किलरले आईफोन–५ को लागि अहिलेसम्म आएको अर्डरले आईफोन–४ एसले बनाएको रेकर्ड तोडेको प्रतिक्रिया दिएका छन् । उनले आईफोन–५ प्रति ग्राहकको प्रतिक्रिया अद्भुत भएको बताएका छन् ।
फिलिपले आईफोन–५ कम्पनीले बनाएको अहिलेसम्मकै सर्वश्रेष्ठ आईफोन भएको समेत प्रतिक्रिया दिए । एप्पलका अनुसार बजारमा आईफोन–५ को माग प्रारम्भिक रुपमा गरिएको आपूर्तिभन्दा अधिक छ ।
आईफोन–५ आगामी २८ सेप्टेम्बरबाट थप २२ देशमा लन्च हुने जनाइएको छ । ती देशहरुमा न्यूजल्याण्ड, डेनमार्क, बेल्जियम, फिनल्याण्ड, अष्ट्रिय,, हंगेरी, इटाली, नर्वेसहित अन्य केही देश रहेको बताइएको छ ।
साभार इमेज च्यानल

Posted by Butwalonline
on 8:03 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response