श्वेताको व्यस्तता
पर्सा, आश्विन ३ - डेढ साताअघि मात्र वीरगन्जमा पाइला टेकेकी नायिका श्वेता भट्टराईलाई मंगलबार काठमाडौं र्फकने हतार थियो । एनआर घिमिरे निर्देशित नेपाली चलचित्र 'गल्ली' को छायांकनमा व्यस्त उनलाई राजधानीबाट अर्को चलचित्र 'प्रोड्युसर' युनिटले छायांकनका लागि बोलाएपछि हतार भएको हो ।
'मेरो सामान प्याक भयो ? फ्लाइटको बेला हुन थाल्यो,' २० वर्षीया श्वेताले 'गल्ली' युनिटका सहकर्मीलाई सोध्दै भनिन्, 'दृश्य छायांकन बेला भएछ ।' एक साथ २ चलचित्रलाई समय तालमेल मिलाएर छायांकन गर्न भ्याएकी श्वेताले दुवै चलचित्रको काम सकेपछि अर्को चलचित्र 'चेयर्स' को छायांकन सुरु गर्ने बताइन् । 'ब्ल्याकमेल' र 'तिमी जहाँ भए पनि' चलचित्रकी नायिकाको रूपमा परिचय बनाइसकेकी भट्टराईको कात्तिकमा विकास आचार्य निर्देशित अर्को चलचित्र 'रिदम' प्रदर्शन हुने भएको छ ।
पोखरा स्थायी घर भएकी र त्यहींकै पीके क्याम्पसमा बीबीएस प्रथम वर्षकी छात्रा श्वेता नेपाल टेलिकमको विज्ञापनमा देखिएपछि आधा दर्जन बढी म्युजिक भिडियो हुँदै फिल्मी दुनियाँ प्रवेश गरेकी हुन् । 'फिल्म लाइनमा आउँछु भन्ने लक्ष्य थिएन,' श्वेताले भनिन्, 'स्कुलमा अतिरिक्त क्रिृयाकलापमा सहभागी हुँदा शिक्षकशिक्षिका र साथीले अभिनय क्षेत्रमा लाग्न हौसला दिने गरेका थिए ।'
निर्देशक घिमिरेले पनि श्वेताको सहयोगी र सरल व्यवहारका कारण वर्षाले छायांकन प्रभावित भए पनि इन्डोर प्रायः सबै दृश्य छायांकन गर्न भ्याएको बताए । श्वेताको अपोजिट यो चलचित्रमा गजित विष्ट छन् भने स्थानीय कलाकार आनन्द चतुर्वेदी र नन्दु श्रीवास्तव पनि चलचित्रमा मुख्य भूमिकामा छन् ।
कांतिपुर मा प्रकाशित
Posted by Butwalonline
on 8:12 AM. Filed under
Entertainment
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response