पुनस्थापनाको ढोका बन्द फेरि संबिधानसभाको चुनाव हुने
काठमाडौं असोज ३ - संघीयताबारे सहमति जुटाउन नसकेपछि दलहरु अर्को संबिधानसभाको चुनाव गर्न सहमत भएका छन् । योसँगै नेपालका इतिहासमा दुईपटक संबिधानसभाको चुनाव हुने भएको छ ।
बुधबार साँझ नयाँ बानेश्वरमा बसेको चार दलको वैठकमा दलहरु संबिधानसभाको नयाँ निर्वाचन गर्न सहमत भएका हुन् । ’जेठ २ गतेको सहमतिको सेरोफेरोमा उभिएर संविधानका विवादित विषयमा सहमति गर्ने प्रयास गरेका थियौं । तर, त्यो सम्भव भएन’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भन्नुभयो संविधानसभाको नयाँ निर्वाचनमा जाने, त्यसले संविधान निर्वाचन गरेपछि संसदमा रुपान्तरण हुन्छ । र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्ने सहमति भएको छ ।’
दलहरुबीच निर्वाचनका लागि आवश्यक ऐन कानुन संशोधन र सहमतीय सरकार गठनबारे भोलि आन्तरिक छलफल गर्ने र पर्सी चार दलको बैठक बस्ने सहमति भएको छ । नयाँ चुनावका लागि संबिधान संसोधन आबश्यक भएको र वाधा अड्काउ फुकाउका माध्यमबाट पनि संसोधन हुन नसक्ने भन्ने बहस भइरहेकाले नयाँ चुनावका लागि कसरी अगाडी बढ्ने भन्ने बिषयमा दलहरुवीच छलफल चलिरहेको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो-’संविधानसभको नयाँ निर्वाचनमा जाने सहमति भएको छ । त्यसका लागि संवैधानिक, कानूनी र अन्य प्रक्रियाहरुका बारेमा भोलि दिनभरी गृहकार्य गरेर असोज ५ गते दिउँसो ३ बजे फेरि बैठक बस्ने सहमति भएको छ ।’
यसअघि २०६४ साल चैत्र २८ गते संविधानसभाको निर्वाचन भएको थियो । तर, संघीयताबारे सहमति हुन नसकेपछिसंविधान नै नबनाई गत जेठ १४ गते संविधानसभा स्वतः विघटन भएको थियो । सरकारले मंसिर ७ गतेका लागि घोषणा गरेको संविधानसभाको अर्को निर्वाचन भने दलहरुबीच सहमति नहुँदा हुन सकेन ।
समाचार ऑनलाइन खबर बाट