|

लाजिम्पाट क्षेत्रमा घर भत्काउन ढिलाई भएपछि डोजर चल्यो


काठमाडौं, भाद्र १७ । लैनचौर बासबारी खण्डको सडक छेउंका घरहरु दायां बायां ९ मीटर छाडेर भत्काउन दिईएको अवधि भित्र पनि अटेर गरी बसेको भन्दै उपत्यका विकास प्राधिकरणले आज फेरि डोजर चलाएको छ । लाजिम्पाटको एम्बेसडर होटल नजिकबाट सडक मापदण्डमा परेका घरहरु भत्काउन प्राधिकरणले साउनमा १५ दिनको समय दिएको थियो । भाद्र दोस्रो साता भित्र सडक बिस्तारका लागि ठेकेदारहरुलाई जिम्मा लगाउनुपर्ने भएकाले मापदण्डमा परेका संरचनाहरु चाडै भत्काउन प्राधिकरणले आग्रह गरेको थियो ।

अटेर गरी बसेका र नभत्काईएका घरहरु भत्काउन दोस्रो चेतावनी स्वरुप डोजर चलाईएको बताईएको छ । स्थानीय बासिन्दाहरुले भने आफुहरु मापदण्डमा परेको क्षेत्रमा संरचना भत्काउने कार्यमा लागिरहेको भन्दै केही दिनको थप समय दिन माग गरेका छन् । लैनचौर बांसबारी सडक विस्तार गरी चार लेनको बनाउने क्रममा सडकको बीच भागबाट ११ मीटर दायां बायांको क्षेत्र खाली गर्नुपर्ने भए पनि धेरै घरहरु भत्काउन पर्ने देखिएकोले हाललाई ९ मीटर मात्र भत्काए पुग्ने प्रबन्ध मिलाईएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
 समाचार इमेज च्यानल बाट

Posted by Butwalonline on 8:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लाजिम्पाट क्षेत्रमा घर भत्काउन ढिलाई भएपछि डोजर चल्यो "

Leave a reply