अस्लील सिन थोपरेपछि फिल्म छाडेँ
अभिनेत्री सुष्मा कार्कीले पछिल्लो फिल्म 'द वार'मा काम नगर्ने भएकी छिन्। सुटिङ सकिन तीन दिन बाँकी रहँदा उनले फिल्म छाड्नुको कारण यसरी खुलाइन्।
फिल्म खेल्दिनँ भन्दा पनि उनीहरुले मलाई तपाई आउनुभएन भने हामी मरे बराबर हो भनेर काम गर्न बाध्य बनाए। अहिले थाहा भयो उनीहरु फटाहा पो रहेछन्। फिल्मका लागि मैले ५० हजार रुपैयाँमा काम गर्ने सहमति भएको थियो।
उनीहरुले मलाई गाडी रिजर्भ गरेर भए पनि आउनु भनियो। भदौ २४ बाट सुटिङ सुरु हुनेथियो। उनीहरुको माया लागेर भदौ २३ गते राति १२ बजे गाडी रिजर्भ गएर मानवताकै लागि भए पनि म गएँ। मलाई के थाहा यिनीहरुले राजनीति खेल्छन् भनेर? तीन दिनको मात्र काम बाँकी हुँदा फाइट डाइरेक्टर हिमाल केसीले गुन्डागर्दी गरेर मलाई फिल्मबाट निकालिदियो। फिल्ममा उनको पनि लगानी रहेछ। अर्का लगानीकर्ता चाहिँ सुबोध भट्ट हुन्। हिमालले मलाई भने, 'थाहा छ तिमीलाई? म पनि यो फिल्मको निर्माता हुँ। त्यसैले म तिमीलाई फिल्मबाट निकालिदिन्छु। अर्को हिरोइन खोज्छु।'
मैले बेड सिन र किस सिन नदिएको र उनीहरुले भनेको लुगा नलगाएको आरोप उनको थियो। उनीहरुले कस्तो लुगा दिएका थिए, म देखाउन सक्छु । माथि ब्राजस्तो, तलचाहिँ फरिया जस्तो। अर्कोचाहिँ अलिकतिमात्र बढी छोपिने र ह्वाङ्ग देखिने लुगा। मलाई यस्तो लुगाबारे जानकारी गराइएको थिएन।
फिल्ममा बार डान्सर भने पनि भल्गर सिन थिएन स्त्रि्कप्टमा। प्रायः फिल्ममा खानाको व्यवस्था सुटिङ युनिटमै हुन्छ। तर सुटिङको बेला दुई दिनसम्म भोकै हुनुपर्यो। मलाई राखिएको होटल बाहिर बसस्टप थियो। तीन दिन काम नै भएन। एक साताअघि मध्य रात अचानक नग्न अवस्थामा रहेका फिल्मकै एक सदस्य कोठामा आयो। निर्मातालाई खबर गर्दा कुनै एक्सन लिइएन।
केबल फिल्मको पब्लिसिटीको लागि मलाई प्रयोग गरियो। 'बिन्दास' फिल्ममा स्त्रि्कप्ट अनुसार लुगा प्रयोग गरिएको थियो। यसमा त्यस्तो कथा केही थिएन। कर्णाली नजिकको अत्तरियामा फिल्मको सुटिङ थियो।
फिल्मबाट निकालिएपछि सुबोध भट्ट र हिमाल केसीले मेरो खर्च सबै जोडेर ६६ हजार तिर्नुपर्छ भने। यसमा सवारी खर्च र खाना जोडियो। मबाहेक तीनजना नयाँ बहिनीहरु पनि थिए। फिल्मका टेक्निसियनलाई पानीको समेत व्यवस्था थिएन। सबैजना काठमाडौंबाट गएका थियौं। मैले भाइ र ब्याइफ्रेन्ड निरनलाई मेरै खर्चमा लगेकी थिएँ। मेरो घर सुटिङ स्पट नजिक भएकोले ममी र ड्याडीलाई भेट्न गएकी थिएँ।सबैलाई सोधेरै गएकी हुँ। खर्च थिएन। एउटा विज्ञापन खेलेबापत रेशम चौधरीले ४० हजार रुपैयाँ दिनुभएको थियो। फिल्मका निर्माताहरुलाई त्यो मन परेनछ।
साधारण रोमान्टिक गीतमा पनि खराब नियत लिएर उनीहरुले सेक्सी नाइट ड्रेस भनेर दिए। ग्यामरभन्दा भल्गर धेरै। फेरि गीतमा पनि बेड सिन पूरा दिनुपर्ने रहेछ। स्त्रि्कप्टमा बेड सिन भनिएको थिएन। त्यसैले त्यस्तो कुनै सिन दिइनँ । फिल्मकै लागि लुगा किन्न मेरो ३० हजार रुपैयाँ खर्च भएको थियो।
(स्मृति ढुंगानाले गरेको कुराकानी)साभार नागरिक न्यूज

