सामाजिक संजाल फेसबुक, टुइटर र ईमेलबाट हुने अपराध बढ्दो
काठमाडौं, भाद्र १९ । प्रहरीले सोसियल नेटवर्कहरु, फेसबुक, टुइटर र ईमेलबाट हुने अपराध बढ्ने क्रम तीव्र भएको जनाएको छ । महानगरीय प्रहरी परिसर, अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक देवेन्द्र सुवेदीले अपराध नियन्त्रणमा साईवर क्राइम चुनौति बनेको बताउनु भयो ।
त्यस क्रममा उहाँले उपत्यकामा सबैभन्दा बढी काठमाडौं र कम भक्तपुरमा अपराधीक कृयाकलाप भएको जानकारी दिदै साना हतियारको पनि विगविगी बढेको बताउनु भयो ।
उहाँले अपराध मुख्य रुपमा कमाउने उद्धेश्यबाटै प्रेरित भएको भन्दै ब्यापारी पवन सांघाइको अपहरण अहिले सम्मकै राजनीतिक हाई प्रोफाइलको अपराध र सशत्र प्रहरीका डि.आई.जि रञ्जन कोइरालाकी श्रीमति गीता ढकालको हत्या अहिले सम्मकै ठुलो र चुनौतिपुर्ण काण्ड भएको बताउनु भयो ।
(सामग्री सन्दर्भ इमेज च्यानल )
Posted by Butwalonline
on 6:48 PM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response