|

यु-१९ क्रिकेट तेस्रो अभ्यास खेलमा नेपालद्वारा नर्थन टेरिटोरी पराजित

काठमाडौं, साउन २० - विश्वकप खेल्न अस्ट्रेलिया पुगेको नेपाली यु-१९ क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा नर्थन टेरिटोरी (एनटी) को एकेडेमी टोलीलाई ३ विकेटले पराजित गरेको छ। टस जितेको एनटीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९५ रन बनायो। मध्यपंक्तिका ब्याट्सम्यान नरेश बुढाऐरले अविजित ९३ रन बनाई नेपाललाई विजय दिलाए। कप्तान पृथु बाँस्कोटाले २३, हासिम अन्सारीले १६, फैजलुर रहमानले ८, सुवास खकुरेलले ६ र प्रदीप ऐरीले ५ रन जोडे। बलिङमा नेपालका राहुल बिकले ४ विकेट लिए।

यसअघि डार्विनमा भएको दुई अभ्यास खेलमध्येमा पहिलोमा स्थानीय टोली नर्थन टेरिटोरी (एनटी) स्ट्राइक सिनियरसँग ९८ रनले पराजित नेपालले दोस्रो खेलमा डार्विन यु-१७ कोरमिल्डा कलेजलाई २ सय ५५ रनले हराएको थियो। पहिलो खेलमा नरेशले ५३ रन बनाएका थिए।

नेपाली टोली शुक्रबार नै यु-१९ विश्वकप आयोजनास्थल ब्रिसवेन लागेको छ। नेपालले पपुवा न्युगिनीसँग अगस्ट ७ र न्युजिल्यान्डसँग अगस्ट ८ मा थप दुई अभ्यास खेल खेल्नेछ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यु-१९ क्रिकेट तेस्रो अभ्यास खेलमा नेपालद्वारा नर्थन टेरिटोरी पराजित"

Leave a reply