जङ्गली साग खाएर ६ जना बेहोस
सोलुखुम्बु, साउन २०- खुम्बु क्षेत्रमा भरिया काम गर्दै आएका ६ जना जङ्गली साग खाएर बिरामी परेका छन्। किम्बु खोज्न जाने क्रममा स्थानीय जङ्गलमा पाइने दनुर जातको साग खाएपछि उनीहरु बिरामी परेका हुन्। चौँरीखर्क-५ फाक्दिङमा भाडाको कोठामा बसेर भारी बोक्दै आएका उनीहरु बिहीबार दिउँसो ४ बजेतिर जङ्गलबाट दनुर जातको साग ल्याएर पकाएर खाएपछि बेहोस भएका थिए।
उनीहरु बेहोस भएको बारे स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका र उद्धार गरिएको इलाका प्रहरी कार्यालय, लुक्लाका प्रहरी नायब निरीक्षक प्रेमप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार घटनाका बारेमा खबर आएपछि शुक्रबार प्रहरी टोली गएर स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरी लुक्लामा रहेको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारका लागि ल्याइएको हो।
जङ्गली साग खाएर बिरामी पर्नेहरुमा पावै-८ का नवीन थुलुङ, काँकु-२ का आशिष खालिङ, टाक्सिन्दु-४ का पासाङ तामाङ, उनका दुई श्रीमती पासाङल्हामु तामाङ र पासाङ फुटी तामाङ तथा २५ महिनाकी छोरी दावाजाङमु तामाङ रहेका छन्। रासस