पेट्रोलियम पदार्थ अन्वेषणको जिम्मा अमेरिकी र यूएइको कम्पनीलाई
काठमाडौं, साउन १९-सरकारले पेट्रोलियम पदार्थ अन्वेषणको कार्य तीव्र गतिमा अघि बढाउने भएको छ। देशका विभिन्न १० स्थानमा गरिएको भौगर्भिक अध्ययनले त्यहाँ पेट्रोलियम पदार्थ रहेको निष्कर्ष निकालेपछि अन्वेषणको काम शीघ्र अघि बढाउने सरकारी निर्णय भएको हो।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्ने ठोस प्रमाण फेलापरेकाले अन्वेषणका निम्ति हालै दुईवटा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको छ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि गत असार २१ गते अमेरिकी कम्पनी बिबी च्याम्पियन र संयुक्त अरब इमिरेट्सको इएबिजी कम्पनीसँग सम्झौता भएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले बताए।
‘नौ हजार ८६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको जनकपुर र राजविराज ब्लकमा इएबिजी र चार हजार ९६९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको विराटनगर ब्लकमा बिबी च्याम्पियनले अन्वेषण एवम् उत्खनन्का निम्ति सम्झौता गरेका छन्'- परियोजना प्रमुख खनालले भने।
सम्झौता भएको मितिले ६० दिनभित्र विस्तृत कार्ययोजना प्रस्तुत गनुपर्ने प्रावधान भएकाले दुवै कम्पनीले त्यसपछि आवश्यक काम थाल्ने उनले बताए।
नेपाल पेट्रोलियम ऐन र पेट्रोलियम नियमावलीबमोजिम सम्झौता भएकाले त्यसैअनुरुप काम हुने उनले बताए।
दुवै ऐनले अध्ययन-अनुसन्धान एवम् व्यापारिक उत्पादनका लागि बेग्लाबेग्लै स्थानमा उत्खनन् गर्नसक्ने व्यवस्था गरेको छ। चार वर्षको प्राथमिक अन्वेषण अवधि पाएका ती दुवै कम्पनीले तेल, प्राकृतिक ग्यासलगायत पेट्रोलियम पदार्थ भए-नभएको निर्क्यौल निकाल्ने छन्।
व्यावसायिक उत्पादन हुने सुनिश्चित भएपछि पुनः सम्बन्धित कम्पनीहरूसँग सम्झौता हुने र त्यसमा सरकारी लगानीबारे पनि स्पष्ट किटान गरिने जानकारी दिँदै उनले प्रारम्भिक अन्वेषणमा सरकारको लगानी नपर्ने प्रष्ट गरे।
इएबिजी र बिबी च्याम्पियनसँग भएको यो सम्झौतासँगै परियोजनाले पहिचान गरेका पेट्रोलियम पदार्थयुक्त क्षेत्रमा अन्य कम्पनीले अन्वेषणको अनुमति पाउने छैनन्। दसवटै ब्लकमा अन्तर्राष्ट्रिय कम्पनीले अन्वेषणका अनुमति लिइसकेकाले त्यसो भएको हो।
चार हजार ९४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धनगढी, चार हजार ८३८ वर्गकिलोमिटरमा रहेको कर्णाली, चार हजार ९६५ वर्गकिलोमिटर भूभाग समेटेको लुम्बिनी तथा चार हजार ८४८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको वीरगन्ज र चार हजार ९२० वर्ग किलोमिटर क्षेत्रमा विस्तारित मलङ्गवा ब्लकमा बेलायती कम्पनी कैयरन इनर्जीले अन्वेषणको अनुमति लिएको छ।
त्यसैगरी अमेरिकी कम्पनी टेक्सानाले नेपालगन्ज र चितवन ब्लकमा अन्वेषणको इजाजत लिएको छ। नेपालगन्ज चार हजार ९०८ र चितवन ब्लक चार हजार ९४५ वर्ग किलोमिटरमा फैलिएको छ।
टेक्सानाले आगामी १३-१४ महिनामा र कैरन इनर्जीले छ देखि सात महिनाभित्रमा अन्वेषण प्रतिवेदन प्रस्तुत गर्ने सहसचिव खनाल बताउनुहुन्छ।
खानी तथा भूगर्भ विभागअन्तर्गत सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना स्थापना भएको झन्डै तीन दशक भइसकेको भए पनि पेट्रोलियम अन्वेषणको क्षेत्रमा खासै उपलब्धि हासिल हुननसकेको परियोजनाप्रमुख खनाल स्वीकार गर्छन्। रासस