उद्धार गर्न गएका एक शसस्त्र प्रहरी जवानको बाढीले बगाउँदा मृत्यु
दाङ साउन १९ - डुवानमा परेका स्थानीयहरुलाई उद्धार गर्न गएका एक शसस्त्र प्रहरी जवानको बाढीले बगाउँदा ज्यान गएको छ । गएरातिदेखि परेको अवीरल वर्षाका कारण डुवानमा परेको दाङको देउखुरी क्षेत्रमा उदार गर्ने क्रममा सिङगई खोलाले बगाउँदा दैलेख चिसापानी घर भई दाङमा कार्यरत २७ वर्षीय प्रहरी जवान रामबहादुर रानाको ज्यान गएको हो ।
स्थानिय बासिन्दालाई उद्यार गर्ने क्रममा खोलाले बगाएर घाईते भएका रानाको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोत ऑनलाइन खबर
