भीरबाट खसेर एक बालीकाको मृत्यु
अछाम साउन ३० - अछामको मंगलसैन गाबिसमा भीरबाट खसेर सोमबार एक बालीकाको मृत्यु भएको छ । मंगलसैन गाविस २ निवासी १६ वर्षकी काली नेपालीको चुल्लेवनमा घाँस काटने क्रममा खसेर ज्यान गएको हो ।
घाँसकाटने बेलामा करिब एक सय मिटर तलखस्दा नेपालीको मृत्यु भएको स्थानिय भ्वनसिहं टमट्टाले जानकारी दिनुभयो । यो बर्षमा अछाम जिल्लामा भीरबाट खसेर ११ जनाको ज्यान गएको छ ।
(समाचार ऑनलाइन खबर बाट )