राष्ट्रिय भूमिहीन–सुकुम्बासी मोर्चाको प्रथम राष्ट्रिय भेला बुटवलमा सम्पन्न
बुटवल,भाद्र १५ -‘‘ सम्पूर्ण भूमिहीन– सकुम्बासीहरुको सरोकार, जातीय मुक्ति, शिक्षा, स्वास्थ्य, आवास र रोजगार ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय भूमिहीन–सुकुम्बासी मोर्चाको प्रथम राष्ट्रिय भेला बुटवलमा आज सम्पन्न भयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले उद्घाटन गर्नुभएको सो भेलालाई पार्टी स्थायी समिति सदस्य रामु परियार, संघीय परिषद् सदस्यहरु दल बहादुर विरकट्टा, होमाया गुरुङ्ग, वैकल्पिक संघिय परिषद् सदस्य कृष्ण नेपाली, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय कोषध्यक्ष शंकर गाहा लगायतले सम्बोधन गर्नुभएको थियो ।भेलाले राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य हरिदेब थापाको अध्यक्षतामा एघार सदस्यीय केन्द्रिय समिति चयन गरिएको छ । जसअनुसार उपाध्यक्षहरुमा भोट बहादुर राजवंशी(झापा),तुलाराम गुरुङ(चितवन)र कृष्णनेपाली(रुपन्देही),सचिवमा एकु राना(स्याङ्जा),कोषध्यक्षमा धनि आले(पाल्पा),सदसयहरुमा धन ब.दमाई ,सिता परियार,महेश थारु,दुर्गा ब. राना, र सुशिल सन्थाल रहेका छन् ।
भेलाको नवनिर्वाचित केन्द्रिय समितिले असोज महिनाभित्र बुटवलमा केन्द्रिय रुपमा कार्यालय स्थापना गरी आफ्नो सांगठनिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ ।