|

Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( मत्स्य-पालन )


कचहरी रेडियो र टेलिभजन कार्यक्रम हो । कार्यक्रम कचहरी रेडियो जागरणको उत्पादन हो ।स्थानिय निकायलाई नागरिप्रति जवाफदेही बनाउन,सुशासन स्थापना गर्न र नागरिकका पिडा र गुनासोलाई सम्बन्धित निकायबाटै सम्बोधन गराउने हाम्रो उदेश्य हुन्छ । सबै सरोकारवाला निकायसंग कचहरी बसेर निकास निकाल्ने कार्यक्रमको प्रयास हुन्छ ।

राजधानी वाहिर निकै कम मात्र यस्तो कार्यक्रम उत्पादन हुने गरेको छ । कचहरी तपाईले रेडियो जागरणमा हरेक हप्ताको बुधबार विहान ८ बजे, पुन प्रसारण  विहिबार दिउसो १:१५ बजे र शुक्रबार राती विविसि नेपाली सेवा पश्चात सुन्न सक्नुहन्छ । लुम्बिनी टिभिमा विहिबार राती साढे ८ बजे,र आईतबार राती  ९ बजेपछि प्रशारण हुन्छ ।त्यसै गरी अवदेखि कार्यक्रमका हरेक श्रृंखलाहरु बुटवल ऑनलाइन लगइन गरी डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |

कार्यक्रमका हरेक श्रृंखलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने कार्यक्रम संचालक ज्यू बिनोद परियार तथा संपूर्ण कार्यक्रम उत्पादक टीम रेडियो जागरणलाई धेरै-धेरै धन्नेबाद !!

रुपन्देहीको दयानगर गाविस स्थित छपिया माछा उत्पादनका लागि उर्बर क्षेत्र मानिन्छ । यस क्षेत्रका टोल टोलमा माछा पाल्ने किसानको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।छपियाका ताजा माछा देशका मुख्य शहर र भारतमा समेत प्रख्यात छन् । तर अझै पनि नेपाल माछा उत्पादनमा भने आत्मनिर्भर हुन सकेको छैन । रुपन्देहीमा मात्रै करोडौंको माछा बर्षेनी भित्रिरहदा माछाको उर्बर क्षेत्रका किसानले कस्तो महसुस गरेका छन् । अनि माछा उत्पादनमा रुपन्देहीलाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला ? आजको कचहरीमा हामी यहि बिषयमा छलफल गर्दैछौं ।

बुटवलबाट झन्डै ४० किलोमिटर पश्चिम दक्षिण टाढा रहेको माछा उत्पादनको नूमना केन्द्र मानिएको छपियामा तयार हुदै गरेको आजको छलफलका लागि हामीसंग हुनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख - रामानन्द कुर्मी मत्स्य विकास केन्द्र रुपन्देहीका मत्स्य विकास अधिकृत - मनोजकुमार श्रीवास्तव र माछा पालन किसान समुहका संयोजक - कृष्ण बहादुर बस्नेत

प्रतिक्रियाका लागि
ph.071-437051
mob- 9847151117
www.facebook.com/kachahari.programe

Listen

Posted by Butwalonline on 11:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Kachahari-कचहरी रेडियो र टेलिभजन कार्यक्रम( मत्स्य-पालन )"

Leave a reply