|

अन्तर्राष्ट्रिय बेपत्ता नागरिक दिवशका अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम


बुटवल,भाद्र १५ - अन्तर्राष्ट्रिय बेपत्ता नागरिक दिवशका अवसरमा मानवअधिार एलायन्स रुपन्देहीको आयोजनामा बिहीबार बुटवलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले राज्यले बेपत्ता नागरिकहरुका बिषयमा चासो नदिदा र हिजोका अपराधिहरुलाई कारवाही नहुदा जनताले न्याय पाउन नसकेको बताएका छन् । सो अवसरमा एलायन्स रुपन्देहीका संस्थापक अध्यक्ष भोजप्रसाद श्रेष्ठले बेपत्ता नागरिकहरुका परिवारलाई न्याय दिन राज्य पक्ष गंभिर नभएको अवस्थामा अधिकारवादी संस्थाहरुले राज्यलाई दवाव दिनुपर्ने बताउनुभयो ।

अधिवक्ता तथा एलायन्सका सल्लाहाकार यमलाल खनालले राज्यले बेपत्ता पार्नेहरुलाई कारवाही गर्ने बिषयमा चासो नदिदा यो अपराधिकरणमा परिणत हुदै गएको बताउनुभयो । पत्रकार  तथा संस्थाका सल्लाहाकार भरत के.सी.ले सरकारलाई दबाव दिन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लविंङ गर्नुपर्नेमा जोड दिनुभो । संस्थाका अध्यक्ष मोतिराज ज्ञवालीको अध्यक्षता, सचिव तारा पाण्डेको संचालना भएको कार्यक्रममा महिला अधिकारकर्मी सावित्रा अर्याल, अम्बिका ज्ञवाली, पत्रकार दिनेश पाण्डे लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 11:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तर्राष्ट्रिय बेपत्ता नागरिक दिवशका अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम"

Leave a reply