|

प्रहरी प्रशासनको मिलेमतोमा रुपन्देहीको विभिन्न नाकाबाट अवैध सामान भित्रिदै


रुपन्देही,भाद्र १५ - रुपन्देहीको विभिन्न सिमा नाकाबाट अवैध रुपमा बोइलर कुखुराको चल्ला खाधन्न लगायत रसायनिक मल प्रहरी प्रशासनको मिलेमतोमा नेपाल भित्रिएको स्थानियबसीले दावी गरेका  छन् ।

तस्करहरुले विशेष गरी धकधई,पजरकट्टी,मनोहरापुर,मदरी,टिकर,रेहरा,पिपरहियाा, मैनिहवा,बोदवारको बरवा,पिपरहवाा, इमिलिहवा, बिष्नपुरवाा र दक्षिणी भेग मर्चवारको त्रिलोकपुर,कदमहवाा,बगौली,चन्नी,पिपरहवाा,जोगियाबरी,सुन्डी,करौता,गुलरिया,थुमवाा,पिपरहवाा,सुकौली,कलिदह,सुमेरगाढ लगायतका नाकाहरुबाट खाद्यान्न,डिजल,बोइलार कुखुराको चल्ला, सिमेन्ट र रसायनिक मल लगायतका सीमा नाकाबाट प्रहरीकै प्रत्यक्ष निगरानीमा धमाधम भित्रिरहेको स्थानियबसीहरु बताएका छन् ।
लुम्बिनी अंचल प्रहरी प्रमुख बम बहादुर भण्डारीले भने नाकाहरुबाट अवैध सामान भित्रिन् नदिनका लागि प्रहरी विशेष टोली परिचालन गरिने बताउनुभएको छ ।

Posted by Butwalonline on 10:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरी प्रशासनको मिलेमतोमा रुपन्देहीको विभिन्न नाकाबाट अवैध सामान भित्रिदै"

Leave a reply