ब्राईटल्याण्ड युवा पुरस्कार २०१२ संचारकर्मी भेषराज बस्नेतलाई
हेमराज भट्ट,साउन २८-अन्तराष्ट्रिय युवा दिबसको अबसरमो बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०१२ संचारकर्मी भेषराज बस्नेतलाई प्रदान गरिएकोछ ।
गत बर्ष देखि शुरु भएको बास युवा पुरस्कार यस बर्ष देखि बास/ब्राईटल्याण्ड युवा पुरस्कार भएको थियो । बाससंग ब्राईटल्याण्ड स्कुलसागको सहकार्य भएपछि पुरस्कारको नाम परिबर्तन गरिएको थियो ।
जिल्ला युवा क्लब सञ्जाल, बागेश्वरी असल शासन क्लब (बास) लगाएत ४० बढि गैर सरकारी संस्थाहरुको आयोजनामा आज भेरी प्राबिधिक शिक्षालयमा सम्पन्न मेरो बिग स्टोरी कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय, बााकेका प्रमुख प्रहरी उपरिक्षक बिक्रम सिंह थापा र बासका केन्द्रीय अध्यक्ष राजु लामिछानेले संचारकर्मी बस्नेतलाई खादा ओढाई सम्मान पत्रले सम्मान गरेका थिए भने पुरस्कार स्वरुप नगद रु ५ हजार सहितको चेक रकम प्रदान गरिएको थियो ।
१४ जना बिभिन्न क्षेत्रका युवालाई युथ च्यामका रुपमा सम्मान प्रदान गरिएको सो कार्यक्रममा बास/ब्राईटल्याण्ड युवा पुरस्कार —२०१२ को घोषणा बास निर्देशक नमस्कार शाहले गरेका थिए । श्रृजनशिल र नबिनतम कार्यमा लागि संघर्षका साथ सफलता प्राप्त गरेका युवाहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रदान गरिने सो पुरस्कार गत बर्ष खेलाडी बिनु बुढा मगरलाई प्रदान गरिएको थियो ।
सम्मानित भएपछि मन्तव्य व्यक्त गर्दै हाम्रो समाचार राष्ट्रिय दैनिकका सम्पादक भेषराज बस्नेतले आफुले निरन्तर पत्रकारिताका माध्यमबाट समाज परिबर्तनका लागि आवाज उठाएको बताए । उनले यो सम्मानले आफ्नो कार्यलाई निरन्तरता दिन उर्जा दिएको बताउादै खुसी व्यक्त गरे ।
बस्नेत १ दशक देखि बााकेमा पत्रकारितामा संलग्न छन् । उनले नेपालगञ्ज एक्सप्रेश दैनिकमा व्यवस्थापनको काम गर्दै लामो समय सम्बाददाताको रुपमा काम गरेका थिए भने बुटवलबाट प्रकाशन हुने लुम्बिनि दैनिकमा काम गर्नुका साथै बिभिन्न बुलेटिनहरुको सम्पादन गर्ने काम गरिसकेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय, बााकेका प्रमुख बिक्रम सिंह थापाले सृजनशिल युवाहरुलाई प्रोत्साहन गर्नु अहिलेको आबश्यकता भएको बताए । उनले कुलत मुक्त समाज निर्माणका लागि युवाको साझेदारीको आबश्यकता औंल्याए ।
सहयात्राका राजन तामांगले संचालन गरेको कार्यक्रममा गैसस महासंघका केन्द्रीय सचिब गोपाल नाथ योगीले मन्तब्य ब्यक्त गरेका थिए भने स्वागत सिबिनकी रमा अर्यालले, उद्धेश्य माथि प्रकाश बि ग्रुपका किरण ढकालले पारेका थिए । कार्यक्रममा सम्मानित १४ जना युवा च्यामले अनुभब सुनाएका थिए ।
Posted by Butwalonline
on 6:26 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response