12:45 PM | Posted by Butwalonline
प्रेमकान्छा मगर,पाल्पा, रामपुर भदौ ११-पूर्वी पाल्पाको रामपुरमा श्री रामपुर बचत तथा ऋण सहकारी संस्था लि.द्धारा संचालित सहकारी सस्तो पसलमा मल लिन आउनेको भिड बढेको छ । पाल्पाको दोस्रो ठूलो बजार मानिने र उब्जाउ हुने रामपुर फााटमा यति वेला कृषकहरुले समयमै मल नपाउदा जनताहरुले दुखेसो गरेको छन् ।
रामपुर बचत तथा ऋण सहकारी संस्थाबाट अनुमति पाएका यहााका सहकारी सस्तो पसलमा विहानै देखि मल लिनका लागि लाईनमा बसेका थिए । भिडलाई नियन्त्रण लिन नसकेपछि रामपुर इलाका प्रहरी कार्यालयबाट प्रहरीहरु परिचलान गरिएको थियो । मल लिनका लागि पाल्पाको पूर्वी सिमाना बाकामलाङ देखि लिएर रामपुर, दर्छा, गाडाकोट, सहलकोट, खालिवन गरी ६ वटा गाविस.का करिब ८ सय जना किसानहरु जम्मा भएका थिए । सरकारले जनताहरुलाई सस्तोमा उपलब्ध गराउने मल सहकारी संस्थाहरु मर्फात बााड्न जिम्मा दिए पनि समयमै मल नपाएपछि यहााका जनताहरु आक्रोसित भएका हुन् । मल लिनका लागि विहानै देखि लम्बद्ध भएर बसेका जनताहरु भनाभन समेत भएका थिए । मल लिनका लागि विहानै देखि लाईनमा बसेका ६४ बार्षिय टिका माया थापाले विहानै देखि भोक भोकै लाईनमा बसे तर मल त पाए जम्मा ३ किलो अव यो मललाई लागेर के गर्नू पैसा तिरेर पनि मल लिन नपाउनु कस्तो जमाना आयो होला टिका मायाले भनिन् । कतिपय रितै हात फर्किए अनि हातमा मल देखाउदै भनिन् लौ हेर्नुस यो ३ किलो मल लिएर गएर के गर्ने ।
किसान धेरै मल थोरै भएर यस्तो भिड भएको हो अनि बर्खाको बाटोले गर्दा पनि समय मा मल आइपुग्न नसकेका ले पनि किसानले यस्तो सस्ती बेर्होनु परेको बताउनछन् सहकारी सस्तो पसलका संचालक मोतिराज शर्मा मरासिनी । १५ सय किलो मलको लागि ८ सय जना भन्दा बढी किसान जम्मा भएका थिए । मल प्रत्येकलाई ३ किलोका दर ५ सय जना किसानलाई राती ९ बजे सम्म वितरण गरियो भने धेरै जना मल नपाएपछि निरास भएर रित्तै हात
फार्किए । प्राप्त मात्रामा सहकारी सस्तो पसलमा मल नपाएपछि सहकारीमा होईन बहिर बजारमा पनि किन्न पाउनु पर्छ भन्ने किसानहरुको जना गुनासो थियो ।
संस्थाका ब्यवस्थापक भूपति पाण्डेयले मल नआएको होईन असार महिनामा मात्र युरिया र डिएपी गरी करिब १० हजार मल ल्याइएको थियो विडम्बना के छ भने कृषि सामाग्री कम्पनी लि बाट रामपुर गा.वि.स.का लागि आएको मल करिब ७ वटा गावि.स.का किसानलाई बाड्नु पर्छ भने । रामपुर गा.वि.स.का किसानहरुलाई मात्र बााड्ने हो भने प्रसस्त मात्रमा पुग्छ । यो समस्याका लागि कृषि सामाग्री कम्पनी लि.संग कुरा भइरहेको बताए ।
|
मल लिनको लागि बसेको लाईनमा बसेका किसान|तस्वीर :प्रेमकान्छा मगर |
|
मल लिनको लागि जम्मा भएका किसान|तस्वीर :प्रेमकान्छा मगर |
|
मल लिनको लागि जम्मा भएका किसान|तस्वीर :प्रेमकान्छा मगर |
|
मल पाए पछि घर फकिदै : श्रीमान् श्रीमती|तस्वीर :प्रेमकान्छा मगर |
सम्बन्धित शीर्षकहरु: Local News,
News,
Photo Gallery
Posted by Butwalonline
on 12:45 PM. Filed under
Local News,
News,
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response