|

युवा संघ नेपालको आठौ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

बुटवल,फागुन ११ -युवा संघ नेपालको आठौ राष्ट्रिय महाधिवेशनम सहभागी हुन नेकपा एमालेका केन्द्रीय नेताहरु बुटवलमा केन्द्रीत भएका छन् । पार्टीका अधिकांश पदाधिकारीहरु बिहीवार नै बुटवलमा आएका छन् । भने केही नेताहरु आज (शुक्रबार) आउने महाधिवेशन आयोजक मूल समितिका संयोजक झपट रावलले जानकारी दिए ।

पार्टी अध्यक्ष झलनाथ खनाल,बरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेताहरु बिहीबार दिउसोनै बुटवल आएका हुन । यस्तै नेता केपी शर्मा ओली,उपाध्यक्ष वामदेव गौतम लगायतका पदाधिकारी आज (शुक्रबार) बुटवल आउने हुन । यसैगरी लुम्बिनी अञ्चलबाट केन्द्रीय कमिटीमा रहेका पदाधिकारीहरु तथा सदस्यहरु पनि बुटवल केन्द्रीत भैसेकेका छन् । पार्टी पदाधिकारी तथा नेताहरुलाई कार्यकर्ताहरुले आ–आफ्ना घरमा राख्ने बन्दोबस्त मिलाएका छन् । पार्टीले युवा संगठनलाई शक्ति केन्दका रुपमा लिने भएकाले नेताहरुले यो महाधिवेशनलाई महत्वका दिएका छन् ।

बिहिबार दिउसो भैरहवाको गौतम बुद्ध विमान स्थलमा आएका अध्इक्ष खनाल, बरिष्ठ नेता नेपाल सहितका केन्द्रीय नेताहरुलाई लिन बुटवलबाट युवाहरु मोटरसाईकलमा लावा लस्करका साथ गएका थिए ।

अध्यक्ष खनाल सहित नेताहरु केही बेर पार्टी अञ्चल कार्यालयमा बसेर महाधिबेशनको तयारीका बारेमा जानकारी लिएका थिए । उनीहरुले महाधिवेशन स्थलको अबलोकन समेत गरे । युवा संघको महाधिवेशन पार्टी कार्यालयको अल्तिर रहेको सिद्धेश्वर उच्च माविको प्राङ्णमा आयोजना गरिएको छ ।

महाधिवेशन स्थल र पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आयोजकले सुरक्षा का लागि स्वयमसेवक समेत खटाएका छन् । पार्टी कार्यालयमा युवा संघका कार्यकताहरु झण्डा, तुल व्यानर बनाउन व्यस्त देखिन्थे ।

Posted by Butwalonline on 6:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवा संघ नेपालको आठौ राष्ट्रिय महाधिवेशनको तयारी पूरा "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु