|

युबा संघको आठौ महाधिबेसन आजबाट शुरुहुदै

बाबुराम गैरे,बुटवल, फाल्गुन ११ ( एमाले भ्रातृ संगठन युवा संघको आगामी तीनवर्षे नेतृत्व चयनका लागि आजबाट बुटवलमा आठौं महाधिवेशन सुरु हुँदै छ । बुटवलको दिपनगर स्थित शिद्धेश्बरी उच्च माबिको प्रांगढमा हुने अधिबेसनको उद्घाटन एमाले अध्यक्ष झलनाथ खनालले गर्नुहुने बताईएको छ । महाधिवेशनमा भाग लिन बिहीबार नै एमाले अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, सचिवहरू शंकर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल लगायतका नेताहरू बुटवल आईपुगेका छन् भने नेता ओली, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरू आज बुटवल आउदै छन । संघको नीतिगत छलफलका लागि यसअघि नै विधान सम्मेलन भइसकेकाले महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । वर्तमान अध्यक्ष महेश बस्नेत फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा छन् । उपाध्यक्ष झपट रावल र महासचिव नीरज आचार्य पनि आकांक्षी देखिएका छन् । एमाले भित्रका तीन शीर्ष नेताको समर्थनमा तीनै जना आकांक्षी खडा भएका हुन् ।

अध्यक्ष बस्नेतलाई नेता केपी ओलीका साथै पार्टी उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको समर्थन छ । यस्तै, महासचिव आचार्यलाई पार्टी अध्यक्ष झलनाथ खनालको र उपाध्यक्ष रावललाई वरिष्ठ नेता माधव नेपालको समर्थन छ ।

तीनवटा समूह खडा भए पनि सर्वसम्मतिको समेत प्रयास भइरहेको नेताहरूले बताएका छन् । सर्वसम्मत हुन नसके चुनाव लड्ने योजना उनीहरूको छ ।तीन प्यानलमध्येको उपाध्यक्ष रावलको समूहले आचार्य र बस्नेत दुवैसूग समानान्तर रूपमा छलफल गरिरहेको छ । गत शनिबार आचार्य र रावलको समूहले सहकार्य गरेर जाने घोषणा गरेका थिए भने अहिले रावल समूहले बस्नेत समूहसँग सहमतिका लागि छलफल जारी राखेको छ ।

एमाले भित्रको आन्तरिक राजनीति समेत जोडिएको संघको महाधिवेशनमा शीर्ष नेताहरूले विशेष चासो दिएका छन् । शुक्रबार झन्डै एक लाखभन्दा बढी जनसमूदायको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । उद्घाटनपछि शनिबारबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

Posted by Butwalonline on 5:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युबा संघको आठौ महाधिबेसन आजबाट शुरुहुदै"

Leave a reply