|

राष्ट्रपति चुप लागे राजतन्त्र फर्कन सक्छ : प्रजापति

रूपन्देही,बिनोद परियार,९ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव सुनिल प्रजापतिले राष्ट्र्रपति चुप लागेर बसे राजतन्त्र फर्कन सक्ने बताएका छन् ।

बैधानिक निकाय राष्ट्रपति मात्रै भएकाले काचलाउ सरकारलाई हटाउन राष्ट्रपति अगाडि आउनुपर्ने उनको तर्क छ ।

‘संकटको घडिमा राष्ट्रपति शितलनिबासमा गित गाएर बस्ने होईन’ नेपाल मजदुर किसान पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रजापति भने –‘राष्ट्रपति चुप लागेर बसे राजतन्त्र फर्कन्छ सक्छ ।’

बाबुराम भट्टराई नेतृत्वको सरकारसंग सवैधानिक र नैतिक आधार  नभएकाले राजीनामा दिनुको विकल्प नभएको बताए । हिटलर शैलीमा सरकार अध्यदेश जारी गर्दै अगाडि बढ्न खोजेको टिप्पणी गर्दै यस्तो संकटमा राष्ट्रपतिले नै पहल थाल्नुपर्ने उनको भनाई छ । ‘प्रतिपक्ष दलहरुले सरकार विरुद्ध शक्ति प्रदर्शन गर्न पनि नसक्ने राष्ट्रपति पनि चुप लागेर बसिरहे राजावादीलाई फाईदा हुन्छ’ उनले भने ।

प्रजापतिले संबिधान सभाको हत्यारा बर्तमान गठबन्धनको सरकार रहेको जिकिर गर्दै त्यसमा सबैभन्दा बढि दोषी एमाओबादी रहेको आरोप लगाए । सरकार भारतको कठपुतली भएको उनको आरोप छ । ‘विप्पा सम्झौता,विमानस्थलको मर्मत सम्मार भारतलाई दिने जस्ता निर्णयले यसको पुष्टि गर्छ’ उनले भने ।

स्वतन्त्र ब्यत्तिलको नेतृत्वमा सरकार बनाएर संसदको चुनावले निकास दिने उनको भनाई थियो । 

Posted by Butwalonline on 1:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रपति चुप लागे राजतन्त्र फर्कन सक्छ : प्रजापति"

Leave a reply