ढिस्कोले पुरिएर एक बालकको मृत्यु
पोखरा, भदौ १४ - रातभरिको वर्षापछि बिहानीपख घरपछाडि खसेको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ५ बजे सराङकोट गाविस-८ गोठादीमा सूर्यबहादुर गुरुङको तीनकोठे ब्लकको घरमाथि बारीको ढिस्को खस्दा पुरिएर उनका छोरा ११ वर्षीय गौतम गुरुङको मृत्यु भएको हो।
एकै कोठा सुतेका आमा र दिदी भने घटनालगत्तै भाग्न सफल भएका थिए। मस्त निद्राका कारण भाग्न नसकेका बालक गुरुङ ब्लकको पर्खालले च्यापिन पुगेका थिए। स्थानीयबासीको खबरलगत्तै पुगेको प्रहरीले उद्वारको प्रयास गर्दा बालक मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ।
समाचार नागरिक न्यूज बाट