|

मुलुकलाई निकास दिन सहमतिको विकल्प छैन-अध्यक्ष दाहाल(अडियो सहित )


विनोद परियार,बुटवल,११ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच पछिल्लोपटक शुरु भएको छलफलबाट दुबै पक्षले जित्ने गरी सहमति खोजिने बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणपछि आज बुटवलमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष दाहालले मुलुकलाई निकास दिन सहमतिको विकल्प नभएको दोहोर्‍याउनुभयो ।

सहमतिका लागि संविधानसभाको चुनावमा सहमति गरी नयां राष्ट्रिय सरकार बनाएर जाने वा जेठ १४ अघि संविधानमा मिल्न नसकेका विषयमा सहमति गरी केही समयका लागि संविधानसभा पुनस्थापना गरेर निकास निकाल्ने वाहेक अरु विकल्प नभएको दाहालले दोहोर्‍याउनुभयो ।

पत्रकारको जिज्ञासामा दाहालले प्रधानमन्त्रीले राजीनामा नदिएर सहमति हुन नसकेको भन्ने प्रचार गलत भएको जिकिर गर्दै राजीनामा मात्रले समस्याको हल नहुने तर्क गर्नुभयो ।

त्यसअघि पार्टीको अवध–मधेश (रुपन्देही,नवलपरासी र कपिलवस्तु ) राज्य समितिस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिदै दाहालले सरकारको नेतृत्व नछोड्ने बताउनुभयो । प्रतिपक्षीहरु सहमतिमा आउन चाहे आफुहरुको मोर्चा सहायकसिद्ध हुने निहुं खोजे सडक आन्दोलन गर्न समेत पछि नपर्ने खुलाउनुभयो । दाहालले आफ्नो नेतृत्वको मोर्चा चुनावसम्म कायम रहने र २ तिहाई भन्दा बढी सिट ल्याउने योजनामा रहेको दावी कार्यकर्तामाझ गर्नुभयो । कार्यकर्तासामु दाहालले पार्टीभित्र थुप्रै विकृति विसंगति र अराजकताको सामना गर्नुपरेको समेत स्वीकार गर्नुभयो । बुटवल ११ स्थित सिद्धार्थ कटेजमा चलिरहेको प्रशिक्षणमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल,पोलिटव्यूरो सदस्य हरिबोल गजुरेल,बलदेव शर्मा,केन्द्रीय सदस्य भक्ति पाण्डे लगायत सहभागीता थियो ।
अडियो सुन्नुहोस -




Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " मुलुकलाई निकास दिन सहमतिको विकल्प छैन-अध्यक्ष दाहाल(अडियो सहित )"

Leave a reply