सिरियामा फेरि झुण्डाएर मारिएको अवस्थामा झण्डै २ सय शब भेटिए
काठमाडौं, भाद्र ११ । सिरियामा सरकारी सेनाले राजधानी दमस्कसमा नरसंहार मच्चाएको घटना सेलाउन नपाँउदै फेरि दमास्कससँग जोडिएको शहरमा झण्डै २ सय शब भेटिएको छ । धेरैजसो डाराया शहरमा जस्तो गरी झुण्डाएर मारिएको अवस्थामा शबहरु भेटिएको छ । सरकारी सेनाले नरसंहार गरेको आरोप विद्रोहीले जनाएका छन । विभिन्न घरहरुमा करिब २ सय जनाको शव फेला परेको विपक्षीको दाबी छ । सरकारी पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
बेलायतले भने नरसंहार भएको प्रमाणित भएमा सरकारी पक्षले अत्याचार गरेको ठहरिने बताएको छ । यसैबिच सिरियाका उपराष्ट्रपति फारुख अल शाराले दमास्कस पुगेको अन्तर्राष्ट्रय प्रतिनिधिमण्डललाई स्वागत गरेका छन् । महिनौ पछि उपराष्ट्रपति फारुख सार्बजनिक भएका हुन् ।
समाचार इमेज च्यानल बाट
Posted by Butwalonline
on 4:27 PM. Filed under
News,
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response