अर्थमन्त्री बर्षमान पुनद्वारा बुटवलको लखन थापा स्मृती प्रशिक्षण हलको उद्घाटन
विनोद परियार,बुटवल,११ भदौ । कामचलाउ सरकारका अर्थमन्त्री बर्षमान पुनले जनताको चाहना अनुरुप समयमै संबिधान दिन नसकेर राजनैतिक दलहरु चुकेको बताउनुभएको छ । जेठ १४ पछि राजनीतिले स्थायित्व पाउने आशामा आफूहरुपनि रहेको उल्लेख गर्दै पुनले एकाएक राजनीति उल्टो दिशामा गएकाले आफूहरु आत्मालोचित भएको बताउनुभयो ।
नेपाल मगर संघ नगर समिति बुटवलको लखन थापा स्मृती प्रशिक्षण हलको उद्घाटनका लागि बुटवल आउनुभएका मन्त्री पुनले यस्तो बताउनुभएको हो ।
राजनैतिक सहमति बिना देशले कुनै निकास नपाउने बताउदै पुनले सहमतिको बिकल्प नरहेको दोहोऱ्याउनुभयो । राजनतिक निकासका लागि २ वटा बिकल्प रहेको भन्दै उहाले सहमतिमा संबिधानसभाको पुर्नस्थापना गर्न सकिनेमा जोड दिनुभयो । उहाले अर्काे बिकल्प संसदको निर्बाचन वा गोलमेच सम्मेलन पनि सहमतिमा हुन सक्ने औंल्याउनुभयो । संघियता सहितको संबिधान र पहिचान सहितको संघियताले साम्प्रदायिक हिंसा नफैलिने उहाको कथन छ । सबैजातिको अपनत्व हुने खालको पहिचान सहित संबिधानको पक्षमा आफूरहेको बताउनुभयो । नेपाल मगर संघ नगर बुटवलका अध्यक्ष जनक थापाको अध्यक्षतामा भएको कार्यक्रममा जंगबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने करिब ६० जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।