|

कालो झण्डा देखाउने क्रममा दर्जन विद्यार्थी घाईते


      झण्डाले तर्सदैनौं शिक्षा: मन्त्रि शर्मा
मुक्तिप्रसाद न्यौपाने
साउन २४, पाल्पा

शिक्षा मन्त्रि दिनानाथ शर्मालाई कालोझण्डा देखाउने क्रममा भएको प्रहरी हस्तक्षेपमा दश जना विद्यार्थीहरु घाईते भएका छन् । महेन्द्र बोधी उच्च माध्यमिक विद्यालय तानसेन पाल्पाको स्वर्ण महोत्सव समारोहमा पाल्पा आएका मन्त्रि शर्मालाई संयुक्त विद्यार्थी आन्दोलन समितिले कालो झण्डा देखाएका हुन् । समारोह स्थलभन्दा ५० मिटरको दुरीमा रहेको घरको छतबाट सरकार विरोधी नारा लगाउादै दर्जनौं विद्यार्थीहरुले कालोझण्डा देखाएका थिए, कालो झण्डा देखाउने क्रममा प्रहरी घरभित्रै छिरेर विद्यार्थीहरुलाई लाठी चार्ज गरेको थियो । घटनामा परि विद्यार्थीहरु टिका थापा, रेशम कडेल, चिरञ्जिवी न्यौपाने, सिर्जना बस्याल, प्रदिप पोखरेल, निश्चल क्षेत्री, राजकुमार पन्थी लगायत घाइते भएको घाईते विद्यार्थी नेता रेशम कंडेलले बताए । घाईते विद्यार्थीहरुको टाउको, हात, खुट्टामा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिएको छ ।


झपडपछि विद्यार्थीहरुले कार्यक्रम स्थल बाहिर सरकार विरोधी नारा लगाएका थिए । यसै बिच स्वर्ण महोत्सव समारोहमा बोल्दै शिक्षा मन्त्रि शर्माले बन्दुक चलाएर आएका आफूहरु कालो झण्डा देखेर नतर्सने बताउादै एनेकपा माओवादीले सरकार छोडे अर्को संवैधानिक संकट सिर्जना हुने बताए । शिक्षाको गुणस्तरमा सम्झौता गर्न सक्दैनौं बताउादै मन्त्रि शर्माले शिक्षा ऐनमा परिवर्तन रहेको उल्लेख गरे ।

Posted by Butwalonline on 8:58 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालो झण्डा देखाउने क्रममा दर्जन विद्यार्थी घाईते"

Leave a reply