यातयात व्यवसायीहरुले साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने
काठमाडौं । यातयात व्यवसायीहरुले आगामी साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्नेसहितका आन्दोलनको घोषणा गरेका छन् ।
घोषित आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई माग पूरा गर्न संयुक्त ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए २६ गते शुक्रबारबाट सवारी साधान ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु माग पुरा गराउन सडक आन्दोलन गर्ने घोषणा गरेका हुन ।
बुधबार पत्रकार सम्मेलन गरेर नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । ब्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्न, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन, यातयात मन्त्रालयबाट ट्ाफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गन गर्नु पर्नेर्, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिशन रकम सम्बन्धि निर्णय खारेज गर्नु पर्ने यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गर्न गराउनु पर्ने र विमा नीति नीतिगत रुपमा व्यवहारमा लागू गराउनु पर्ने माग अगाडि सारेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल यातयात व्यवसायी राष्टि्य महासंघका अध्यक्ष योगेन्दनाथ कर्मचार्यले सरकारले पञ्चायतकाल भन्दा पनि बढी दुःख दिएको आरोप लगाउनु भयो । संघर्ष समितिका संयोजक विजयबहादुर स्वाँरले सरकार यातायात व्यवसायीहरुको माग प्रति उदासिन बनेको भन्दै यातयात बन्दबाट हुने क्षतीको पुर्ति सरकारले नै ब्यहोर्नु पर्ने चेतावनी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट