|

बेबारिसे अवस्थामा भेटिएकी एक सुत्केरी महिलाको उद्धार


बिनोद परियार,रूपन्देही,३ भदौं । बुटवलमा बेबारिसे अवस्थामा भेटिएकी एक सुत्केरी महिलालाई प्रहरी र महिलाअधिकारकर्मिहरुले उद्धार गरेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलको  महिला सेल,दलित महिलासंघ रुपन्देही,वाच बुटवल र सृजनशिल समाज नेपालको पहलमा दश दिने सुत्केरी महिलालाई उद्धार गरिएको हो । पाल्पा दोभान घर बताउने ३५ बर्षिय संगिता थापालाई उद्धार गरि हाल परिर्वतनका लागि कार्यरत महिला समुह (वाच) बुटवलमा राखिएको छ । मानसिक सन्तुलन समेत ठिक नभएकी थापा सुत्केरी अवस्थामा सडकमा बेबारिसे भेटिएकाले उद्धार गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी साहयक निरीक्षक निर्मला श्रेष्ठले बताईन ।

‘शनिबार साझ पुनरावेदन अदालत अगाडि बेबारिसे अवस्था भेटाईएको हो’ उनले भनिन –‘महिला अधिकारकर्मी र हाम्रो पहलमा उद्धार गरियो ।’ यी महिलाले १० दिन अगाडि बच्चा जन्माएर बेबारिसे छाडेकी थिईन । २ दिने शिशु बुटवल हाटबजार स्थित झाडीमा  बेबारिसे भेटिएपछि गत साउन २६ गते प्रहरीले उद्धार गरेको थियो । प्रहरी साहयक निरीक्षक श्रेष्ठका अनुसार उद्धार गरिएकी २ दिने शिशुलाई वाल गृह भैरहवामा राखिएको छ ।

मानसिक सन्तुलन गुमाएकी र सडकमै हिडेर दैनिक चलाउने भएकाले उनले बच्चालाई सडकमै छाडेको हुन सक्ने अनुमान प्रहरीको छ ।  सुत्केरी महिला बेबारिसे अवस्थामा छाड्दा ज्यानै खतरा देखिएकाले उद्धार गरिएको दलित महिला संघ रुपन्देहीकी मनु खड्काले बताईन । उनका अनुसार शनिबार साझ थापालाई बेबारिसे अवस्थामा भेटाएपछि लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराईएको थियो । तत्तकालका लागि महिलालाई वाचमै राखिने जनाईएको छ । मानविय संवेदना र सुत्केरी अवस्थाकी महिला भएकाले केहि दिनसम्म वाचले खान बस्ने गरि महिलालाई राख्ने जिम्मा लिएको कार्यालयका लेखा सहयोगी लक्ष्मण श्रेष्ठले बताए ।

Posted by Butwalonline on 3:23 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बेबारिसे अवस्थामा भेटिएकी एक सुत्केरी महिलाको उद्धार"

Leave a reply