|

महिलाको जिउँमा फोहोर छयापेर रकम लुट्ने दुई भारतीय पक्राउ


सिरहा, भदौ १- सिरहा सदरमुकाम १ स्थित सुप्रीती मनी ट्रान्सफरवाट रकम झिकेर निस्केकी एक महिलाको रकम लुट्ने दुई भारतीय लुटेरालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्ने भारत विहार फरविसगँज सुवाष चोकका १० वर्षीय निहल गवलर र सोही ठाउँका ३० वर्षिय भरत दास छन्।

सिरहा राजपुर ७ निवासी चन्द्रकला कामती श्रीमानले साउदी अरवबाट पठाएको ७७ हजार ३ सय ७० रकम झिकेर मनी ट्रान्सफरवाट वाहिरीने वितिकै सिरहा अस्पताल अगाडी पछाडीबाट बिस्कुटको घोल छर्केर रकम लुटेको सिरहा प्रहरी प्रमुख राजेश लाल कर्णले बताए।
जिउँमा विस्कुटको घोल छर्केर धुन भनेको र कलमा धुन गएको मौका छोपेर रकम लुटेको पीडित कामतीले बताइन्।

प्रहरीले दासलाई अस्पताल चौकबाटै पक्राउ गरिएको र उनकै सुराकको आधारमा सिरहाकै विषणपुरा चौकवाट निहललाई लुटेको रकम सहित पक्राउ गरिएको एसपी कर्णले भने। बिहीबार साँझ लहानको पूर्व बस पार्कबाट समेत २३ हजार लुटिएको थियो।सिरहामा आज (शुक्रवार )पक्राउ परेका लुटेरा समुहले नै जनस्वास्थ्यकर्मी ललन मिश्राको जिउँमा फोहोर हालेर फोहोर धुन कलमा गएको मौका छोपी रकम रहेको झोला लिएर फरार भएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ।

जिउँमा फोहोर छयापेर रकम लुट्ने भारतीय युवाहरुको एक गिरोह नै सिरहा र लहानमा सक्रिय भएको प्रहरीले जनाएको छ।पक्राउ परेको दुई भारतीय लुटेरा समुहवाट विस्तृत खुल्ने कर्णले भने।
(समाचार नागरिक न्यूज बाट)

Posted by Butwalonline on 1:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिलाको जिउँमा फोहोर छयापेर रकम लुट्ने दुई भारतीय पक्राउ"

Leave a reply