निर्वाचनसम्वन्धी अध्यादेश जारीगर्न राष्ट्रपतिद्धारा अस्वीकार
काठमाडौं भदौ १ - राष्ट्रपति डा. रामवरण यादवले सरकारले सफारिस गरेको निर्वाचनसम्वन्धी दुई अध्यादेश जारी गर्न अस्वीकार गर्नु भएको छ ।
सरकारले साउन १२ गते निर्वाचनसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संविधानसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
निर्वाचन आयोगले नै मंसिर ७ का लागि घोषणा गरेको निर्वाचन गराउन नराउन नसक्ने बताइसकेको अवस्थामा राष्ट्रपतिले अध्यादेश जारी गर्नुको सान्दर्भिकता नदेख्नु भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सुरुमा अध्यादेशलाई अध्ययन गर्दैछु भनेर होल्ड गरेका राष्ट्रपतिले निर्वाचन आयोगले निर्वाचन हुन नसक्ने बताएको २ सातापछि अध्यादेश जारी गर्न अस्वीकार गर्नु भएको हो ।
दलहरुबीच सहमति नै नजुटाई निर्वाचन घोषणा गरेको सरकारले विपक्षीलाई चिढ्याउँदै निर्वाचनसम्वन्धी अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले असन्तुष्टी जनाउनु भएको थियो ।
(समाचार ऑनलाइन खबर बाट)