स्याङ्जा सहयोग समाज कतारको खेलकुद विभाग गठन
दोहा ,कतार-स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको स्याङ्गजाको प्रथम साधारण सभा ६ बुँदे घोषण पत्र जारि गरि सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले ३ बर्ष भित्रमा समितिले स्थापना गरेको अक्षयकोष रकममा थप गरि ५० लाख पुराउने,अन्य विभिन्न २० वटा देशमा शाखा स्थापना गर्ने , स्थानीय संचारमाध्यम संग समन्वय गरि श्रममा जानेका लागि सचेतना अभियान गर्ने र प्रवासी अनुभव आदान प्रदान कार्यक्रम गर्ने, शिक्षा स्वास्थ्य पर्यटन र यातायातका क्षेत्रमा योजना संचाल गर्ने, अस्पतालमा सुधार सहयोग कार्यक्रम लगायतका बूंदा रहेका छन । साथै साधरण सभाले पुन: अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा १ सदस्य पछि थप गर्ने गरि ९ सदस्य संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल प्रसाद न्यौपाने,सचिवमा मेघ प्रनेश,कोषाध्यक्षमा हरि अर्याल रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा प्रकाश श्रेष्ठ,दिलबहादुर रानाभाट,अम्बिका सापकोटा र कमलराज रेग्मी रहनुभएको छ । सभाले विदेश संयोजकमा योगेन्द्रमान श्रेष्ठ र सल्लाहकारमा प्रेम नारायण अर्याल,ओमप्रकास शर्मा र दिर्घनारायण अर्याललाई चयन गरेको छ ।
साधारण सभामा गैरसरकारी संस्था महासंघ स्याङ्गजाका अध्यक्ष रुकुमदत्त शर्मा , पत्रकार महासंघ स्याङ्गजाका अध्यक्ष ओमप्रकाश शर्मा , नेकपा ऐमाले जिल्ला सदस्य बिष्णु उपाध्याय,स्याङ्गजा सहयोग समाज कतारका अध्यक्ष टुकराज अर्याल ,योगेन्द्रमान श्रेष्ठ,पुर्ण विक लगायतले समाजले गरेका काम उदाहरणिय भएको बताउादै समाज विकास र बैदेशिक रोजगार सम्बन्धि ज्ञान,धारण र जानकारि प्रदान गर्ने कार्य गर्नुपर्ने बताएका थिए ।
यसैविच सोहि सभामा कतारमा रोजगारिका शिलशिलामा मृत्यू भएका दरौ गाऊविकास समिति बडा न. ५ मा रुद्र बहादुर सार्किकी श्रीमति कोपिला सार्किलाई स्या.स.स. कतारको विषेश पहलमा कतारमा कार्यरत नेपालीबाट संकलित रकम रु ४ लाख १४ हजार ५ सय सहयोग स्वरुप प्रदान गरिएको छ ।
स्याङ्गजा सहयोग समाज कतारमा सन २००५ मा स्थापना भएको हो । त्यस पश्चात अन्तराष्ट्रिय समन्वय गर्न स्याङ्गजामा अन्तराष्ट्रिय समन्वय समिति २०६६ सालमा स्थापना भएको हो । हाल युएईमा समेत शाखा स्थापना भईसकेको छ विश्वका ५ मुलुकमा सम्पर्क स्थापित भएको जानकारि गराईएको थियो । संस्थाले हाल सम्म मृतक परिवारलाई ४५ लाख रुपैयाा,विद्यालयलाई सहयोग कार्यक्रममा १ लाख ६० हजार भन्दा बढि, कम्प्पुटरको क्षेत्रमा , रु ५ लाखको अक्षयकोष स्थापना ,डहरे देउराली लगायतका विभिन्न धार्मिक स्थलका लागि १ लाख भन्दा बढि सहयोग लगायतका सामाजिक विकासका कार्यहरु गर्दै आएको छ । स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
