|

आफ्नै १० वर्षीया छोरीलाई बाबुले गर्‍यो बलात्कार


इटहरी भदौ ३ - आफैंले जन्माएर हुर्काउँदै गरेकी आफ्नै छोरीलाई बाबुले नै करणी गर्‍यो भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्ला । तर इटहरीमा यस्तै घटना भएको सार्वजनिक भएको छ ।

आफ्नै छोरी करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ समेत गरेको छ । सुनसरीको इटहरी-५ स्थित जनता बस्तीका मौले दर्जीमाथि आफ्नै १० वर्षीया छोरीलाई करणी गरेको आरोप लागेकोे इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

घरमा कोही नभएको समयमा अश्लील चलचित्र देखाउँदै गरेको उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएपछि घटना सार्वजनिक भएको हो । बालिकाले ‘एक्लै भएपछि बुबाले टिभीमा अश्लील चलचित्र लगाएर मलाई जबर्जस्ती गरेको’ छिमेकीलाई बताएपछि स्थानीयवासीले बाबु मौलेलाई नियन्त्रणमा लिएका हुन् ।

बाबु मौलेले छोरीलाई यो कुरा बाहिर भनिस् भने मारिदिन्छु भन्दै धम्की दिने गरेको पनि ती बालिकाले बताएको प्रहरीले जनाएको छ । बालिकाकी आमा मालाले इलाका प्रहरी कार्यालय इटहरीमा श्रीमान्विरुद्ध किटानी जाहेरी समेत दिएकी छिन् ।

प्रहरीका अनुसार दर्जीलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको प्रहरी निरीक्षक सागर थापाले बताउनुभयो । प्रहरीले दर्जीको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत बरामद गरेको छ ।
 रासस(समाचार ऑनलाइन खबर बाट)

Posted by Butwalonline on 8:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " आफ्नै १० वर्षीया छोरीलाई बाबुले गर्‍यो बलात्कार "

Leave a reply