Press Release
नेपाल उत्पीडित जातिय मुक्ति समाज
जिल्ला कमिति रुपन्देही
मिति :०६९।३।२६
बिषय : प्रेस बिज्ञप्ती
यही २०६९ आसार १९ गते बेलुकी, धादिङ ५ मुलखर्क गाउाका नबराज सुनारले १७ गते आसार सोही गाउाकी सम्झना सुबेदीसंग प्रेम बिबाह गरेको बिषयलाई लिएर डोर भञ्ज्यााङ्ग मा.बि.का शिक्षक कृष्ण सुबेदी, रामचन्द्र सुबेदी लगायत २ सय भन्दा बढीको समुहले हातहतियार सहित आक्रमण गरेपछि सिङ्गो दलित बस्ति नै बिस्थापित भएको छ ।
गैर दलितको आक्रमणबाट नबराजकी आमा कौशिला सुनार सख्त घाईते भएकी छन् । ३ बर्ष अघि अन्तरजातिय बिबाह गरेकी ईन्दिरा सुबेदीको खुट्टा भाचिएको छ,टाउकोमा गहिरो चोट लागेको छ । आक्रमणबाट अन्य धेरै दलितहरु घाईते भएका छन् । शिक्षक रामचन्द्र सुबेदीको धम्कीका कारण कक्षा ९ मा अध्ययनरत सिता बिक. लगायतका बिद्यार्थीहरु परिक्षा दिन समेत पाएका छैनन्, उल्टै उनीहरुलाई बिद्यालयबाट निस्कासन गर्ने धम्की दिईरहेका छन । घटनाका बिषयमा उजुरी दर्ता गरिएपनि सुनुवाई भएको छैन । राजधानी भन्दा करिब सय किलोमिटर फरकमा यस्तो आततायी घटना घट्नुले हाम्रो संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज जिलला कमिटि रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ ।
चौधौं शताब्दीमा (.४३८–५६) मा राजा जयस्थीती मल्लले गरेको जात विभाजन र वि.स. १९१० मा सुरेन्द्र शाहको पालामा प्रधानमन्त्रि जंग बहादुर राणाले लिखित रुपमा निर्माण गरेको तल्लो र उपल्लो जात छुत र अछुतजस्तो सामाजिक विभेदकारी र कंलकरुपी मुलुकी ऐनको विरुद्ध दलित समुदायले जातिय विभेद र छुवाछुत अन्त गर्न गरेको संघर्षबाट २०२० सालको मुलुकी ऐन,२०४७ सालको संविधानले छुवाछुत र बिभेद गर्नेलाई दण्ड सजायको ब्यवस्था गरेको छ । २०६२/६३ को जनआन्दोलनपछिको लोकतान्त्रि सरकारले २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो । ब्यवस्थापिका संसद २्र०६८ जेठ १० गते जातिय भेदभाब तथा छुबाछुत(कसुर तथा सजाय) ऐन २०६८ पारित भएको छ । जसमा सार्वजनिक स्थानमा माात्र नभई निजि स्थानमा समेत छुवाछुत र जातिय विभेद गर्नेलाई कडा सजायको ब्यवस्था गरेको छ । कानुनी रुपमा जातिय विभेद छुवाछुत अन्त भएयता पनि सामाजिक रुपमा यसको कार्यान्वयन गर्न सरकारले ठोस पहल नगरेकोलेछुवाछुत रुपी जातिय विभेद चर्कदै गएको हो । यसैक्रममा यहि असार १९ गते धादिङमा दलित समुदायमाथि भएको यो सांघातिक आक्रमण लगायत देशका विभिन्न ठाउमा दलित समुदायमाथि भएको दुब्र्यब्हारपूर्ण घटनाप्रति नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटि रुपन्देही घोर। भत्साना गर्दछ । यस घटनाको यथासिघ्र छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाहि, पिडितलाई न्याय दिलाउन अन्तरजातिय विवाह गर्ने जोडीलाई दिईने प्िरोत्साहन रकम सहज रुपमा उपलब्ध गराउन सरकारसंग जोडदार माग गर्दछौं । साथै यस्ता घटनाप्रति सचेत रहन र यस्ता घटनाहरु घटेमा संघर्ष र प्रतिकार गर्न सम्पूर्ण नेपाली दलित समुदायमा हार्दिक अपिल गर्दछौं ।
अध्यक्ष नन्द बहादुर खड्काथोकी
