चलचित्र पत्रकार सघं बाँकेको गठन
चलचित्र पत्रकार सघं बाँके ,आज नेपालगजमा गठन गरिएको छ । आज बसेको बैठकले बिष्णु शाहीको अध्यक्षतामा ११ सदस्यीय चलचित्र समिति गठन गरेको हो ।
उपाध्यक्षमा, भेरी आवाजका करुणा शाह , सचिवममा, कृष्णसार एफएमरमेश अधिकारी, सह सचिवमा, वागेश्वरी एफएमका दिलमाया काफ्ले ,कोषाध्यक्षमा हिमाल एफएमका चित्र प. आचार्य सदस्यहरुमा कोहलपुर एफ एमका चिरायू विक हिमाल एफ एमका अरुण घिमिरे ,रेडियो हिमालका ज्ञानु गौतम , जन आवाज एफ एमका गोपाल नेपाल जि एम, कलिउड डट कमका दिपेन्द्र प्रकाश केसी र भेरी एफ एमका कृष्ण शाही रहनु भएको छ । गठन भएको चलचित्र पत्रकार सघंले मोफसल क्षेत्रमा रहेका कलाकारहरुलाई पेशाप्रति जागरुप बनाउन साथै केन्द्रका कलाकार र मोफसलाका कलाकार विच सुमधुर सम्बन्ध गराउने,आगामी दिनमा रंग सम्बन्धि कलम चलाउने रंग पत्रकारका लागि थप तालिम प्रदान गर्ने, सघंका अध्यक्ष शाहीले जानकारी दिनुभयो । गठित समितीले आगामी मंसिरमा राष्ट्यि कलाकार सहितको वृहत सांकृतिक कार्यक्रम गर्ने उदेश्य राखेको समेत वैठकमा जानकारी गराइएको छ ।

