|

एमाओबादी नया एमाले बन्दै : थापा


विनोद परियार,बुटवल,साउन १० - नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा माओवादी नयाा एमालेको रुपमा विकास भैरहेको बताएका छन् ।

एमाओवादीको नेतृत्वले क्रान्ति र जनविद्रोहको लाइन परित्याग गरेर एमालेले अंगिकार गरेको वहुदलीय जनवादलाई २१ औं शताब्दीको जनवादको जलप लगाएर संसदीय भासमा फसेकोले एमाले र एमाओवादीमा अब तात्विक फरक नहुने बताए ।

पार्टी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको  तेस्रो राष्ट्रिय भेलाको बुधबार बुटवलमा उद्घाटन गर्दै उनले  एमाओवादी नेतृत्वले जनयुद्ध र परिवर्तनका एजेण्डालाई छाडेकाले नयां माओवादी पार्टी गठन गर्नुपरेको बताए । ‘एमाओवादी नयां एमाले भन्दा अघि नबढ्ने निश्चित भएपछि हामीले क्रान्तिको झण्डा उठाएका हौं’–थापाले भने ।

उनले  एमाओवादी नेतृत्व अब संसदीय भासबाट माथि उठ्न नसक्ने दावी गर्दै मुलुकको परिवर्तन चाहने र नचाहने शक्तिबीच नयाा धुव्रीकरणको विकास हुादै गएको तर्क गरे । सत्तामा बसिरहनका लागि मात्रै वर्तमान सरकारले संविधानसभाको चुनाव घोषणा गरेकोले मंसिर ७ मा चुनाव हुनै नसक्ने थापाले ठोकुवा गरे ।

‘संविधान बनाउने उद्देश्यले नभई चुनाव घोषणाको आडमा सत्तामा टांसिइरहने कुत्सित मनसायले एकलौटौ ढंगले चुनावको नाटक गरिएको हो’–उनले भने ।  नयाा संविधानका लागि सर्वपक्षीय गोलमेचसभामार्फत सहमतिको संयुक्त सरकार उपयुक्त विकल्प हुने थापाले बताए । नयाा एकता र मुलुकको निकासका लागि  वृहत्तर क्रान्तिकारी मोर्चाको गठन गर्न जरुरी रहेको बताउदै महासचिव थापाले परिवर्तनकारी शक्तिहरु  एक ठाउामा उभिएर संयुक्त आन्दोलन गर्नुपर्ने आश्यकता औंल्याए ।  संविधानसभाको विघटनसंगै जातिय मुक्ति आन्दोलन विशिष्ट मोडमा आएको जिकिर गर्दै उनले पहिचानसहितको संघीयता पक्षधरहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

एमाओवादी नेतृत्वले कांग्रेस र एमालेसंग सात वा ८ प्रदेशमा सहमति गरेका तर  आफुहरुको अडानका कारण वाध्यतावश   जातीय पहिचानसहितका १०  प्रदेशमा  आएको  स्मरण गर्दै उनले अब पार्टी विभाजनपछि भने  आफ्नो पार्टी नै जातीय पहिचानको  पक्षमा उभिएको दावी गरे । भेलामा देशका विभिन्न जिल्लाबाट एक सय ५० जना सहभागी छन् ।

Posted by Butwalonline on 5:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एमाओबादी नया एमाले बन्दै : थापा"

Leave a reply