|

ख़राब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि बिरामीको मृत्यु

खोटाङ, साउन ११- मौसम अनुकूल नभएपछि उपचारका लागि राजधानी लैजान नसक्दा खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ। मङ्गलबार दिउँसो शौचालय गर्न जाँदा लडेर बेहोस बनेका दिक्तेल-२ का डिजेन्द्र जोशीलाई उपचारका लागि काठमाडौँ लैजान आएको हेलिकोप्टर मौसम खराबीका कारण उड्न नसकेपछि उनको मृत्यु भएको हो।

कुहिरो लागेको र सिमसिम पानी परिरहेकोले दुई दिनसम्म हेलिकोप्टर उड्न सकेको थिएन। थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको भए पनि मौसम खराबी भएपछि जोशीलाई पुनः जिल्ला अस्पतालमा नै भर्ना गरिएको थियो।

लडेर अचेत बनेका जोशीको गएराति अस्पतालमा नै मृत्यु भएको थियो। श्रीमतीसहित खोटाङ दिक्तेलमा व्यवसाय गर्दै आएका जोशीको लास अन्तिम संस्कारका लागि सोही हेलिकोप्टरमार्फत राजधानी लगिएको छ। रासस

Posted by Butwalonline on 5:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ख़राब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि बिरामीको मृत्यु"

Leave a reply