पाल्पाको प्रभाष तालमा लाखौका माछा मरे व्यवसायीहरु मर्कामा
मुक्तिप्रसाद न्यौपाने,पाल्पा ,साउन १०-जिल्ला विकास समिति पाल्पासंग पाल्पाको प्रभाष ताल भाडामा लिएर माछा पालन व्यवसाय गर्दै आएका व्यवसायिहरु अचानक माछा मरेपछि चिन्तित बनेकाछन् । वार्षिक १ लाख ५ रुपैयामा ताल लाई भाडा लिएर ५ प्रभास तालमा व्यावसायीक रुपमा पालन गरिएको माछाहरु धमाधम मर्न थालेपछि माछा व्यबसायिहरु चिन्तित बनेका हुन । झण्डै १ देखि ३ किलो सम्म वजन भएका माछाहरु अचानक मर्न थालेपछि व्यबसायिहरुको लाखौ रुपियाा नोक्सानीमा परेका हुन तालमा पालिएका सिल्भर, ग्रास र रौहु जातका १ लाख भुरा छोडिएमा करिब ७५ प्रतिशत माछाहरु मरेको माछा मरेको अर्का व्यबसायि दिनेश शेखर बज्राचार्यले बताए । करिब ३ दिनको अवधिमा १२ क्विन्टल बढी माछा मरेको व्यबसायि बज्राचार्यले दावि गरेका छन । माछा छोडेको करीब १५ महिना भएको थियो अव बेच्नु पर्ला भन्दा सबै सखाप भयो व्यावसायी महर्जनले भने । मरेका माछाहरु तालबाट निकालेर नजिकै खाल्टो खनेर गाडेका छन् भने केही पोखरीमै कुहिन थालेका छन् । माछा मरेपछि ताल वरिपरि माछाको दुर्गन्ध बढेको स्थानीय बासिन्दाहरुले बताएका छन् । माछा धमाधम मरेपनि त्यसको ठोस कारण भने पत्ता लागेको छैन् । तालमा विषादी हालिदिएको, बाढीसंगै आएको अन्य विषादी, लुम्बिनी मेडिकल कलेजको ढल मिसिएकाले, खेतहरुमा रोपाइ भएकाले युरिया मलको कारण हुन सक्ने अट्कल बाजी गरिएको छ । तालको माछा मरेपछि माछा र तालको पानी परिक्षणका लागी मत्क्षय विकास केन्द्र भैरहवामा पठाइएको छ । संचालकहरु भने लुम्बिनी मेडिकल कलेज सिधै ढल हालेका त्यही नै हो भन्ने दाबी गरेका छन् । उता लुम्बिनी मेडिकल कलेजमा कम्पनी सचिवले निर्दोष खनालले भने आफुहरुको ढलको मिसावटका कारण माछा मरेको भन्ने हल्ला सत्य नभएको बताए । तालको माछा मरेपछि जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी भिमार्जुन पाण्डे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेल लगायतको टोलीले अनुगमन समेत गरेको छ । जिल्ला विकास समिती पाल्पासंग २०६६ सालमा बार्षिक १ लाख ५ हजारमा तानसेनमा ११ जना युवाहरुहरुले ताल लिजमा लिएर माछा पालेका हुन् । डुङ्गा, रेष्टुरेन्ट चलाउन र माछा पाल्नलाई लिजमा लिएपनि डुङ्गा र रेष्टुरेन्ट नचलेपछि जिल्ला कृषि विकास कार्यालयको सिफारीसमा माछा पालन शुरु गरेका थिए । शुरुमा ३ हजार भुरा छोडेर परिक्षण गर्दा राम्रो हुदै गएपछि २०६७ साल वैशाखमा लाख भुरा छोडेका थिए । माछा पालन व्यावसया गर्ने उनिहरुले करिब ५ लाख लगानी गरेका छन् भने तलवीमा चौकीदार पनि राखेका छन् । करिब ३२ रोपनी क्षेत्रफलको ताल जिविससंग उनिहरुले ५ बर्षका लागी २०७१ सम्म लिजमा लिएका छन् ।
