चितवनमा भएको छुट्टछुट्टै घटनामा दुईजनाको मृत्यु
चितवन, असार २५- चितवनमा भएको छुट्टछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। घटनामा एकजना गम्भीर घाइते भएका छन्। वसन्तपुरबाट कल्याणपुरतर्फ जाँदै गरेको ना३प ५७७४ नम्बरको मोटरसाइकल माडी बघौडा-३ वसन्तपुर बजारमा अनियन्त्रित भई पुलबाट पाँच मिटर तल खस्दा चालक कल्याणपुर-७ बस्ने ३५ वर्षीय सीताराम सुनारको मृत्यु भएको हो|
सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँ निवासी ३५ वर्षीया दुर्गाबहादुर विक घाइते भएका छन्।स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा चालक सुनारको आइतबार साँझ बाटैमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
यसैगरी चितवनको कविलास-९ खेतबारीस्थित निर्माणाधीन खहरे पुलबाट खस्दा ११ वर्षीय जीवन प्रजाको मृत्यु भएको छ। आइतबार पुलबाट खसेर गम्भीर घाइते भएकामा उनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ। रासस
समाचार नागरिक न्यूज बाट