यार्सागुम्वा ब्यापारीवाट १५ लाख नगद लुटियो
रूकुम साउन ५ -रुकुममा यार्सागुम्वाको ब्यापार गर्ने ब्यापारीवाट १५ लाख नगद लुटिएको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीवुटीको ब्यापार गर्ने बागलुंङ जिल्ला तामाङका किसन घर्तीमगर र म्याग्दी नारचिङका शिव पुनको साथमा रहेको नगद १५ लाख चोरी भएको हो । रुकुमको गोतामकोट गाविसमा उनिहरुको साथमा रहेको नगद चोरी भएको हो । चोरी अभियोगमा रुकुम प्रहरीले ३ जनालाई पक्राउ गरेको सहकर्मी बालकृष्ण शर्माले जनाएका छन् ।
