|

विद्यालय नजाने २९ जना शिक्षकको तलब कट्टा

ज्ञानु गौतम,जाजरकोट,श्रावण  ५ -विद्यालय नजाने जाजरकोटका एक सय २९ जना शिक्षकको करिब १३ लाख रुपैयाँ तलब जिल्ला शिक्षा कार्यालयले काटेको छ । विद्यालयमा विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक कारवाही स्वरुप तेस्रो चौमासिक तलबबाट गयल भएको दिनको तलब काटिएको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले जानकारी दिनुभयो । शिक्षा कार्यालयले विभिन्न विद्यालयका एक सय २९ जना शिक्षकको एक दिनदेखि ९२ दिनसम्मको गरी जम्मा १३ लाख एक हजार सात सय रुपैया तलब काटेको हो । काटिएको तलब सरकारी कोषमा नै फिर्ता पठाइने र विालय नगएको अबधिको शिक्षकको सेवासमेत गणना नगरिने जिशिअ थापाले बताउनुभयो । 

Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यालय नजाने २९ जना शिक्षकको तलब कट्टा"

Leave a reply