|

स्यालले तीनमहिने बालिकालाई खायो


महोत्तरी,असार २४- गएराति महोत्तरीको धिरापुर गाविसमा स्यालले एउटा बच्चालाई खाएको छ। धिरापुर-६ बस्ने रामहित यादवकी तीनमहिने छोरीलाई गएराति स्यालले खाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

राति करिब ९ बजे खाना पकाइरहेको समय बच्चालाई आँगनमा राखी रोटीका लागि आटा ल्याउन आमा घरभित्र जाँदा अचानक स्याल आएर बच्चालाई तानेर वनमा लगेको थियो।

आटा लिएर घर बाहिर आउँदा आमाले बच्चा नदेखेपछि रुँदै कराउँदै सपरिवार र छिमेकीले बच्चाको खोजी गर्दा घरनजिकैको खेतमा बच्चा आन्द्राभुँडी निस्केर गम्भीर घाइते अवस्थामा फेला परेको थियो। बच्चालाई राति नै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएकामा उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्यालले तीनमहिने बालिकालाई खायो"

Leave a reply