|

एभरेष्ट बैंकभित्रै लुटियो अढाई लाख रुपैंयाँ

नेपालगन्ज, असार १७- कोहलपुरस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा रकम जम्मा गर्न लाग्दा रझेनाका सन्तोष भुसालको आइतबार बिहान अढाई लाख रुपैंयाँ लुटिएको छ। प्लाष्टिकको झोलामा रकम राखेका भुसालले बैंकभौचर भर्दै गर्दा अचानक बैंक भित्र पसेका लुटेराको समूहले खोसेर लगेको प्रहरी नायब उपरिक्षक उदयकुमार तामाङले बताए|प्रहरीले बैंकका सुरक्षा गार्डसँग सोधपुछ गरिरहेको छ। लुटेराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 6:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एभरेष्ट बैंकभित्रै लुटियो अढाई लाख रुपैंयाँ"

Leave a reply