हत्या गरिएका न्यायाधीश बमलाई सहिद घोषणा
काठमाडौं, अषाढ १ - हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई सरकारले सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले बमलाई सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । न्यायाधीश बम हत्या छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको संयोजकत्वमा नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र डीआईडी नरेश गुरुङ सदस्य रहेको जाँचबुझ आयोग गठन गर्नेसमेत निर्णय भएको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए ।
ललितपुरको बंगामुखी मन्दिर दर्शन गरेर कार्यालय जान लागेका न्यायाधीश बममाथि शंखमूल नजिक वाग्मती करिडोर यूएन पार्कमा जेठ १८ गते हत्या भएको थियो ।
समाचार कांतिपुर बाट
समाचार कांतिपुर बाट
