१५ दिनदेखि बेपत्ता एक विदेशी नागरिक मृत अवस्थामा फेला
सिन्धुपाल्चोक, जेठ ३२ - लाङटाङ पदयात्राको क्रममा १५ दिनदेखि बेपत्ता एक विदेशी नागरिक बिहीबार रसुवामा मृत फेला परेका छन्। बेल्जियमकी २३ वर्षीया पदयात्री डेभी म्याभ्यु गोसाईकुण्ड जाने पदमार्गको स्याप्रु गाविसस्थित देउराली भन्ने ठाउँमा मध्यान्ह मृत भेटिएकी हुन्।
उनी जेठ १७ गते लाङटाङ राष्ट्रिय निकुञ्जको पदयात्रामा निस्किएकी थिइन्। उनले निकुञ्ज कार्यालयमा आफू लाङटाङ पदयात्रामा निस्केकी उल्लेख गरेकी थिइन्। बिनागाइड हिँडेकी उनी पथपर्दशक नभएकै कारण जानकारी अभावमा बाटो नचिनेर गोसाइकुण्डतर्फ लागेको हुनसक्ने रसुवाका डिएसपी अच्युतप्रसाद पुडासैनीले बताए। उनको खोजीमा १३ दिनदेखि प्रहरी र नेपाली सेनाको टोली त्यस क्षेत्रमा परिचालित थिए। उनको खोजीका लागि आफन्तसमेत बेल्जियमबाट रसुवा आइपुगेका थिए। शव बुझेर म्याभ्युका आफन्तले बिहीबारै हेलिकप्टरबाट काठमाडौं लगेका छन्। लामटाङ निकुञ्ज क्षेत्रमा पर्यटक हराइरहन्छन्। गत वर्ष पदयात्राकै क्रममा हराएकी अमेरिकी नागरिक अझै भेटिएकी छैनन्।
समाचार नागरिक न्यूज बाट