|

एसएलसीमा फेल भएपछि आत्महत्या

नेपालगन्ज, जेष्ठ ३२ - एसएलसीमा फेल भएपछि बुधवार साँझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी छन् । आवेशमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

 नेपालगन्ज–१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आत्महत्या गरेकी हुन् । नतिजा सार्वजनिक भए लगत्तै नकारात्मक परिणाम आएर आवेशले ज्यानै लिने समेतका दुर्घटना हुन थालेको प्रहरीले जनायो ।

 १५ वर्षिया प्रतिक्षाले परिणाम सोचे जस्तो नआएपछि झुण्डिएर देह त्याग गरेको प्रहरीको भनाई छ । घटना थाहा पाएपछि भेरी अञ्चल अस्पताल पुर्याइएकी शर्माको त्यसअघि नै निधन भैसकेको थियो । बलिराम शर्माकी छोरी उनी नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसीमा सहभागी थिइन् । घटनाबाट शर्मा परिवार स्तब्ध भएको निकटस्थ स्रोतले जनाएको छ । अबेर रातीसम्म अस्पतालमा जम्मा भएका आफन्तबीच रुवाबासी चलेको थियो । यसबर्ष बाँके जिल्लामा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र गत बर्ष ५६ प्रतिशतले एलएलसी उत्तीर्ण गरेको जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी भक्त ढकालले बताए ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 3:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसीमा फेल भएपछि आत्महत्या"

Leave a reply