|

९४.९ प्रतिशत ल्याए विराटनगरका छात्र अरुण कालीकोटेले

विराटनगर , जेष्ठ ३२ - यहाँस्थित बालकल्याण विद्यामन्दिरका छात्र अरुण कालीकोटेले ९४ दशमलव ९ प्रतिशत ल्याएका छन् । ८ सय पूर्णाङ्कमा उनले ७ सय ५९ नम्बर ल्याएका हुन् ।

 सिम्बल नं. ००९७०५३ यूका कालीकोटेले अंग्रेजीमा ९६, नेपालीमा ८५, अनिवार्य गणितमा ९९, विज्ञानमा ९१, सामाजिकमा ९३, वातावरण विज्ञानमा ९८, ऐच्छिक गणितमा ९८ र कम्प्युटरमा ९९ ल्याएका छन् । २०५३-४-८ मा जन्मिएका कालीकोटेले बुधबार परीक्षाफल सार्वजनिक भएपछि आफूले त्यत्रो नम्बर ल्याएको सुन्दा पत्याउनै सकेनन् । प्रिन्सिपल रविन दाहालले फोन गरेर बधाई दिएपछि उनले त्यो खबर ताप्लेजुङ जनस्वास्थ्य कार्यालय प्रमुख रहेका बुवा शेरबहादुरलाई फोनबाट सुनाए ।

 एसएलसीको परीक्षा सकुन्जेल ट्युसन नपढेका उनले घरमा दैनिक ८ घन्टा पढ्ने गरेको बुधबार साँझ बताए । अब विज्ञान विषय पढ्ने पनि उनले बताए । विराटनगरकै कोसी विद्यामन्दिरका आवेशजंग कार्कीले ९४.५ प्रतिशत ल्याएका छन् ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "९४.९ प्रतिशत ल्याए विराटनगरका छात्र अरुण कालीकोटेले"

Leave a reply