|

जीप दुर्घटनामा पश्चिमाञ्चल विकास बैंक नेपालगन्जका निर्देशकको मृत्यु

नेपालगन्ज, अषाढ १ - जीप दुर्घटनामा घाइते पश्चिमाञ्चल विकास बैंक नेपालगन्जका कामु निर्देशक राजेशकुमार पोखरेलको उपचारकोक्रममा मृत्यु भएको छ । बाँकेको खासकुशकमा- ४ गावरमा भएको बिहीबार साँझ भएको भे १ त ११६७ नम्बरको जीप दुर्घटनामा घाइते पोखरेलको उपचारकोक्रममा बिहीबार राति कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते बैंक कर्मचारीहरु प्रकाश केसी र चाक कृष्ण सुनार गम्भीर घाइते भएका छन् । थप उपचारका लागि केसीलाई काठमाडौं रेफर गरिएको छ भने सुनरलाई लखनउ पठाइएको छ । अर्का कर्मचारी मुकुन्द अधिकारी भने सामान्य घाइते भएका छन् ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 7:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीप दुर्घटनामा पश्चिमाञ्चल विकास बैंक नेपालगन्जका निर्देशकको मृत्यु"

Leave a reply