बाँकेमा आगलागीबाट ३५ घर जलेर नष्ट
बाँके,असार १-बाँकेको मटैया गाविस-८ मा शुक्रबार भएको आगलागीबाट ३५ वटा घर जलेर नष्ट भएका छन् क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
स्थानीय जलाल खाँको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्न सदरमुकाम नेपालगन्जबाट दमकल गएको छ । सरमुकामबाट ५० किमीको दुरीमा रहेको उक्त स्थलमा दमकल जान ढिलो हुँदा बढी क्षति भएको स्थानियबासीको भनाई छ ।
यसअघि मङ्गलबार दिउँसो सोही गाउँमा भएको आगालागीमा परी १ सय ४८ घर जलेर नष्ट हुँदा झन्डै आठ करोड रूपैयाँभन्दा बढीको क्षति भएको थियो । घटना स्थलमा प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास जारी राखेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उपरीक्षक विक्रमसिं थापाले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट