|

सुनसरीमा जंगली हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी,असार १ - सुनसरीको पाचकन्यामा बिहीबार राती जंगली हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । पाँचकन्या २ स्थित पानमाराका ६० बषिर्य भक्तबहादुर श्रेष्ठलाई घरमा बसीरहेको समयमा जंगली हात्तिले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट आएका तीन/चार वटा हात्तिले सुडले पछारेर कुल्चीदा श्रेष्ठको मृत्यु भएको प्रत्यक्षदर्शिलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आक्रमणपछि गाँउलेले हात्तिलाई जंगलतिर लखेटेका थिए । हात्तिको आक्रमणका कारण पानमारा क्षेत्रका सर्वसधारण आतंकीत भएका छन् ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 8:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुनसरीमा जंगली हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु"

Leave a reply