टेलीफिल्म जीरे खुर्सानीद्वारा अपांग बालिकालाई आर्थिक सहयोग
पर्वत, असार ४ - नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हाँस्य टेलीफिल्म जीरे खुर्सानीले पर्वतको रानीपानी गाविसका बलबहादुर परियारका ५ अपांग छोरीहरूलाई आर्थिक सहयोग गरेको छ ।
टेलीफिल्मले चार सय भाग पूरा गरेको उपलक्ष्यमा परियारको घरमै पुगेर मिडिया हब र जीरे खुर्सानीको युनिटले संयुक्त रूपमा नगद १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् । हात खुट्टा नचल्दा परियारका ८ देखि १९ बर्षका पाँच छोरीहरू सुतेर दिन कटाउन बाध्य छन् ।
विभिन्न सञ्चार माध्यममा अपांग बालिकाका बारेमा समाचार प्रसारण र प्रकाशित भएपछि चार सय भाग पूरा गरेको उपलक्ष्यमा उक्त सहयोग गरेको टेलिफिल्मका निर्देशक जीतु नेपालले बताए । उनले ३ सय भाग पूरा गरेको खुसीयालीमा यसअघि पनि यस्तै सहयोग गरेको र अहिले पनि काठमाडौंमा गर्ने खर्चलाई सदुपयोग गर्दै अपांग बालिकालाई जीवन निर्वाहमा सहज होस भन्ने उद्देश्यले सबैको सहल्लाहमा आर्थिक सहयोग गरेको जानकारी दिए ।
रकम भने बालिकाका बुवा बलबहादुर लाई मिडिया हबका प्रबन्ध निर्देशक सोम धितालले हस्तान्तरण गरेका हुन् । मिडिया हब र जीरे खुर्सानीका २४ जनाको टोली अपांग बालिकाको घरमा पुगेको थियो । सोमबार प्रसारण हुने टेलिफिल्मको दृश्य समेत अपांग बालिकाहरुकै घरमा छायांकन गरिएको छ ।
साभार :कांतिपुर
टेलीफिल्मले चार सय भाग पूरा गरेको उपलक्ष्यमा परियारको घरमै पुगेर मिडिया हब र जीरे खुर्सानीको युनिटले संयुक्त रूपमा नगद १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् । हात खुट्टा नचल्दा परियारका ८ देखि १९ बर्षका पाँच छोरीहरू सुतेर दिन कटाउन बाध्य छन् ।
साभार :कांतिपुर
Posted by Butwalonline
on 7:12 AM. Filed under
Entertainment
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response