करिष्मा र राजेशको बादविवाद/ करिष्माले भनिन्- `महानायक हैन बाबाजी`

५० बर्ष पुगिसक्दा पनि हमालको विवाह नभएको बिषयले जसरी मार्केटमा चर्चा बटुलेको छ यो बिषयलाई करिष्माले उनी सुपरस्टार भएकाले सर्वत्र चर्चा भएको भन्दै विवाहको बारेमा हमालले चाडै सोच्नु पर्ने तर्क सारेकी छिन् । उनले ब्यक्तिगत रुपमा हमालको विवाहको चिन्ता भन्दा पनि शुभचिन्तकले यो बिषयमा चासो दिएकाले विवाह गर्न आग्रह गरेकी हुन् । प्रति प्रश्नमा हमालले शुभचिन्तकले आफ्नो विवाह किन चाहन्छ भन्ने प्रश्न उल्टै गरेपछी करिश्माले पनि जवाफ भुईमा झर्न नपाउदै आफूले आफैलाई यो प्रश्न गर्न हमाललाई आग्रह गरिन् । यसैगरी फिल्मीखबरले हमालको लागि तपाईले कोही युवती हेरिदिनु भएको छ भन्ने प्रश्न गर्दा करिष्माले घुर्की शैलीले आफूले ब्यक्तिगत रुपमा किन हेर्ने भन्ने जवाफ दिन नपाउदै हमालले बाघले आफ्नो सिकार आफै गर्छ भन्दै करिष्मा प्रति काउन्टर क्रस गरे । जसलाई भिडियोमा हेर्न सकिन्छ । हमालले मानिस प्रेममा परेपछी कहि न कतै नैरश्यता भोग्नु र पिडा भोग्नु पर्ने तर्क सारिरहदा करिष्माले हमाललको बोलीलाई पुनः क्रस गर्दै बाबाजी भनेर सम्बोधन गरिन् ।
उनले साधुहरुले विहे गर्दैन् भन्ने घुमाउरो तर्क सहित हमालको महानायक पद हटाएर बाबाजी भन्नु पर्ने तर्क सारेकी हुन् । यता महानायकले बाबाजीको पद दिए पछि करिष्मालाई प्रश्न गरे, 'त्यसो भए तपाईंले बाबाजीको अतिथी सत्कार कसरी गर्नु हुन्छ ?' महानायको उक्त प्रश्न झर्ने बित्तिकै करिष्मा भने नाजवाफ भईन् । एक्सक्लुसिभ रुपमा हेर्नुस् राजेश र करिष्माको बाबाजी प्रसङ्गको रमाईलो भिडियो -
श्रोत :फ़िल्मी खबर डट कम
